राजेशलाई फेरि तीन भाइको रहर


अभिनेता राजेश हमालले फेरि पनि हामी तीन भाइजस्तो फिल्ममा आउने रहर गरेका छन्। करिब ३ शय फिल्ममा अभिनय गरेका हमालले सोमबार नुवाकोटको चारघरे ५, बाझोबारीमा राद्राक्ष युवा क्लबले निर्माण गरेको रुद्रकाली देवी मन्दिरको शुभारम्भ तथा क्लब भवनको शिलान्यास गर्दै सो रहर प्रकट गरेका हुन्। कार्यक्रममा आफ्नैजस्तो लामो कपाल भएका दुई युवालाई देखेपछि उनले फेरि हामी तीन भाइजस्तो फिल्म निर्माण र त्यसमा आउने इच्छा व्यक्त गरेका हुन्।

बिहान १० बजे शुरू हुने भनिएको कार्यक्रम शुरु हुँदा करिब २ बज्न लागिसकेको थियो। विशिष्ट अतिथिका रूपमा सो कार्यक्रममा पुगेका राजेशलाई स्थानीयले फुलमालाले भब्य तरिकाले स्वागत गरेका थिए। कार्यक्रममा राजेशसँगै निर्माता तथा निर्देशक तुलसी घिमिरे पनि थिए। कार्यक्रम उद्घोषिका शोभा त्रिपाठीले जब अब ‘आउँदै हुनुहुन्छ राजेश हमाल’ भनेर बोल्नका लागि अगाडि बोलाइन्, उपस्थित दर्शकहरुमा ठूलो उत्साह देखियो। राजेशले आँफूलाई मन्दिरजस्तो पवित्र भवनको शुभारम्भमा बोलाइएकोमा आभार प्रकट गरे। केही रमाइलो कुरा पनि गरे।

क्लबकै अध्यक्ष र अर्का पदाधिकारीलाई अगाडि बोलाएर आफ्नोजस्तै कपाल भएको भन्दै अब फेरि हामी तीन भाइ फिल्म बनाउनुपर्ला भन्दै हँसाए। उनले ‘गाउ“मा यति ठूलो पुण्य कमाउने काम गर्ने युवाहरुसँग मिलेर चलचित्र बनाउनुपर्लाजस्तो छ’ भन्दै उपस्थित स्थानीय दर्शकलाई मज्जैले हँसाएका थिए। कार्यक्रममा अन्य थुप्रै गायक गायिकाहरुको पनि उपस्थिति थियो भने मिलन फिल्मस् प्रालि. ले नृत्य प्रस्तुत गरेको थियो।

Skip This