पढ्दै सरकार



सरकारले जनता र देशका लागि केही पनि गर्दैन भनेर सर्वत्र गुनासो आइरहेको बेलामा धरहराले भने सरकार गम्भीर काममा लागेको पत्तो पाएको छ। सरकार त अहिले धमाधम १७ सय पृष्ठको पुस्तकको ठेली पो पढ्दै रहेछ।

जनताका लागि त्यत्रो काम गरिरहेको रहेछ अनि कहाँ केही पनि नगरेको भन्न मिल्यो र? हजुर, कुरा पुनर्संरचना आयोगको प्रतिवेदनको हो। यो प्रतिवेदन आयोगले बनाएर सरकारलाई बुझाएको निकै भइसक्यो। तर सरकारले बल्ल जनताका लागि पढिदिन थालेछ।

यसको प्रतिवेदन केरमेट गर्न पाइ“दैन भनेर संविधानमा भनिए पनि सरकार भने त्यस्ता कुरा टेर्ने मुडमा देखिएको छैन। उसले संविधानभन्दा माथि आफू रहेको आभास दिइरहेको छ। झट्ट हेर्दा हो पनि। संविधान भनेको एउटा कागजको पोको न हो।

सरकार भनेको त शान सौकत कम हो र भन्या? जनताका लागि यत्रो अध्ययन गरिदिन लागेको अवस्थामा सबैका तर्फबाट धरहरा सरकारलाई धन्यवाद दिनु उपयुक्त ठान्छ। समय घर्किए घर्कियोस् पढ्न लागेको सरकारलाई केही भन्न पनि त मिलेन। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्