मायाले सुन्दरता



बलिउड अभिनेतृ विपासा वसुलाई लाग्छ कि उनले पाएको माया नै उनको सुन्दरताको राज हो। आफूले पाएको मायाले नै आफूलाई सुन्दर तुल्याएको भन्ने उनलाई लाग्दोरहेछ।

केही दिनअघि आयोजित एक समारोहमा उनी आफ्नो पति करण सिंह ग्रोवरको साथमा पुगेकी थिइन्। त्यहाँ उनले भनिन् कि उनको सुन्दरताको राज माया हो। उनीहरू उक्त दिन ¥याम्पमा पनि उत्रिएका थिए। यसैबीच उनले अब आफूलाई कुनै रियालिटी शोमा काम गर्न मन भएको बताएकी छिन्।

मोडलको रूपमा बलिउड फिल्म इन्डस्ट्रिजमा छिरेकी विपासाले आफ्नो शुरुआती दिनहरू पनि स्मरण गरिन्। ‘म ¥याम्पमा जाने दिन आनन्द लिन्छु। म आफ्नो करियरको शुरुआती दिनहरूमा ल्याक्मी फेसन विकको साथमा जोडिएको थिएँ’ –उनले भनिन्।

आगामि फिल्मका बारेमा यी ३८ वर्षीया अभिनेतृले भारतीय सञ्चार माध्यममा भनेकी छन्– ‘मलाई थाहा छ मेरा फ्यानहरू मेरो प्रतीक्षामा बसिरहेका छन्। म अहिले वैवाहिक जिन्दगीको आनन्द लिइरहेकी छु। हामी दुवै जना छिट्टै काममा फर्कनेछौं। म अर्कोे फिल्मको घोषणा केही दिनमै गर्नेछुु।’

प्रतिक्रिया दिनुहोस्