आयशासँग विल्सनको बलिउड लुक्स



अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ बलिउडमा पनि लोकप्रिय हुने संकेत देखिएको छ। बलिउड फिल्ममा डेब्यु गरेसँगै त्यस फिल्मको युनिटभित्र लोकप्रिय भइरहेका कारण यो संकेत देखिएको हो।

सलमान खानसँग स्क्रिन शेयर गरिसकेकी आयशा टाकिया मुख्य भूमिकामा रहेको फिल्ममा विल्सन उनी सँगसँगैको भूमिकामा छन्। यो अनटाइटल्ड फिल्ममा विल्सनले आफ्नो भूमिका र लुक्सलाई गोप्य राख्दै आए पनि हालै आयशाले इन्स्टाग्रामबाट उनको लुक्स आउट गरिदिएकी छिन्। आयशा टाकिया आजमी नामबाट उनले विल्सन र आफ्नो सेल्फी पोस्ट गर्दै उनको लुक्स सार्वजनिक गरेकी हुन्। उक्त तस्वीर सेटमै खिचिएको उनले क्याप्सनमा लेखेकी छिन्।

तस्वीरमा उनको लुक्स चिनियाँ पात्र भन्ने लाग्छ। तर, विल्सनलाई नेपाली लुक्सको मंगोलियन अनुहारको खोजी गर्ने क्रममा यो अनटाइटल्ड फिल्मका लागि विल्सनविक्रम राईलाई बोलाइएको थियो। फिल्म चाइल्ड साइकोलोजी ड्रामामा आधारित भएको बताइएको छ। नयाँ अनुहारहरूलाई प्रस्तुत गर्दै निर्माण भइरहेको यो फिल्मलाई आयशाको कमब्याक फिल्मका रूपमा हेरिएको छ।

नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको सहप्रकाशन कामना सिने मासिकद्वारा आयोजित दुवै कामना फिल्म अवार्डस्को संस्करणमा हास्य अभिनेता विधाका विजयी विल्सनविक्रम राई मेरी बास्सैमा खेलेदेखि ‘तक्मे बुढो’ को नामले परिचित छन्।

सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक सम्पन्न सिजी कामना फिल्म अवार्डस् २०७१ तथा केहीअघिमात्र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा सम्पन्न दोस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७३ मा हास्य विधाको अवार्ड चुमेका थिए।

फिल्ममा विल्सन र आयशाका साथमा नील भूपलान, सुुप्रिया पिलगाउकोर, राजश्री देशपाण्डे, बालकलाकार सरताज कक्रलगायत मुख्य भूमिकामा छन्। कमेडी नजराको फिल्मका निर्देशक आशुतोष वाराङ र कार्यकारी निर्मात मिली सिंघल हुन्।

प्रतिक्रिया दिनुहोस्