महोत्वसमा कमेडी



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले आयोजना गरेको तेस्रो मनहरी महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति हेर्न दर्शकको भीड बढ्न थालेको छ।

शुक्रबार हास्य टेलिशृंखला भद्रगोलका कलाकारले प्रस्तुति दिएका थिए। कलाकारहरू कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे बुढा, सागर लम्साल बलेलगायतको दमदार प्रस्तुतिले दर्शकहरू मुर्छा परेर हाँसेका थिए।

उनीहरूले सेना÷प्रहरीलगायत संवेदनशील क्षेत्रमा सवल र सक्षम मान्छेहरू मात्र जाऊ भन्ने सन्देश बोकेको प्रहसन प्रस्तुत गरेका थिए भने संसारमा जहाँ पुगे पनि हामी नेपाली हौं भन्ने भावना बिर्सन नहुने सन्देश बोकेको अर्काे प्रहसन देखाएका थिए।

गायक कमल क्षत्रीको गीतमा पनि दर्शकहरू रमे। क्षत्रीसँगै टिस्टुङ पालुङ गाउँ, ऋषेश्वर मेलैमा मायाप्रीति लाउँ बोलका गायक मुक्तिनाथ उप्रेतीको प्रस्तुतिमा दर्शकहरू रमे। महोत्सवमा शान्ता परियार, पार्वती लोहनी, जसु अधिकारी सम्झना, मनहरीकी नवोदित गायिका विनीता लामालगायतको गीत–संगीतमा दर्शक झुमे।

महोत्सवमा सुगम पोखरेल, शिव परियार र प्रमोद खरेलले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएका छन्। गीत–संगीत, नृत्य, प्रहसन, हास्यव्यंग्य जस्ता मनोरञ्जक प्रस्तुतिका कारण महोत्सवमा दर्शकको वृद्धि भइरहेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्