काइँयो कला



कलाकार जोडी सविता डंगोल र इशान परियारका कला प्रदर्शनी अहिले नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ। प्रदर्शनीको शुक्रबार आयोजित एक समारोहबीच शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले शुभारम्भ गरेकी थिइन्।

नेपाली कलामा इशान र सविताले निकै आशा लाग्दो तरिकाले राम्रो काम गरिरहेको चर्चा गर्दै उपाध्यायले भनिन्– ‘कला साधना र सिर्जनाको संयोजन हो। यसमा इशान र सविताले आशालाग्दो गरी काम गरिरहेको मैले पाएँ। दुवैको काम समाज र परिवेशलाई उजागर गर्ने खालको रहेको छ। ऊर्जाशील यी कलाकारमा रहेको कलाको भोकलाई हामी सबैले सम्मान गर्नुपर्दछ।’
प्रेम र समाजका विषयलाई निकै कलात्मकरूपमा चित्रमा उन्दै रचिएका कलामा युगल जोडीका विषयको प्रधानता रहेको छ।

साथै समाज प्रेम र सांस्कृतिक विषयमा देखापरेका विषय चित्रमा पाइन्छ। समाजमा जगल्टिएका भिन्न आयामलाई कलात्मकरूपमा उन्दै सविताले काइँयो बिम्बमार्फत् फुकाउने चेष्टा गरेकी छन्। उनले समाज, संस्कृति, राजनीति तथा दिन दैनिकीका विविध आयाम र परिवेशलाई रङ र बिम्बमार्फत् प्रस्तुत गरेकी छन्। त्यस्तै इशानले समाजमा देखा परेको सांस्कृतिक मूल्य र त्यसले निम्ताएको भयानक परिवेशलाई सरल र सांकेतिकरूपमा क्यानभासमा प्रस्तुत गरेका छन्।

दुवैका कलामा समाजका भिन्न परिवेशलाई उधिन्न खोजिए पनि तिनले पारेको गा“ठोले मानिसका मनमा परेको अधैर्यता र विचलनलाई निकै कलात्मकरूपमा चित्रण गरेको देखिन्छ। उनीहरूका चित्रको मुख्य विषय भने प्रेम र सद्भावले मात्र समाजलाई अगाडि लैजान सक्छ भन्ने रहेको छ। यी दुईले समाजका पे्रमिल विषयलाई समेत चित्रमा फरकरूपमा प्रस्तुत गरेका छन्। चित्रमा प्रयुक्त रङ र विषय अघिल्ला प्रदर्शनीमा भन्दा परिपक्व र आकर्षक रहेको पाइन्छ।

रेखात्मक चित्रमार्फत् सविताले आफूलाई भिन्नरूपमा प्रस्तुत गर्न सफल रहेको कला समीक्षक मुकेश मल्लले बताए। उनले नेपाली कलामा देखा परेका सामाजिक, सांस्कृतिक तथा राजनीतिक विषयलाई कलाकारद्वयले फरक बिम्बमार्फत् प्रस्तुत गर्न सफल रहेको बताए।

समाजमा गाँठो परिरहेका विभिन्न अल्झनलाई काइँयो बिम्बमार्फत् प्रस्तुत गरेको खुलाउँदै सविताले भनिन्– ‘जसरी काइँयोले लट्टा परेको कपाल फुकाउ“छ, मैले त्यही बिम्बमार्फत् समाजका उल्झनलाई फुकाउन काइँयोलाई नै चित्रमा प्रयोग गरेकी हुँ।’
डुंगा बिम्बमार्फत् पे्रम र यसको सौन्दर्यचेतलाई क्यानभासमा उतारेको कलाकार इशानले बताए। उनले भने– ‘प्रकृति र प्रेम मानिसको जीवन ऊर्जा हो, त्यसलाई मैले कलामार्फत् व्यक्त गरेको हुँ ।’

कलाकार तथा कला लेखक सरोज वज्राचार्यले यी दुईका कलाले समाजमा हामोर्नी क्रिएट गर्न महत्वपूर्ण सघाउ पु¥याएको बताए। प्रदर्शनी भोलि मंगलबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्