आसिका रजौरे डीआईडी


मध्यपश्चिमाञ्चलस्तरीय नृत्य विधाको प्रतिस्पर्धा डान्स आइकन दाङ (डीआईडी) को उपाधि दाङ तुलसीपुरकी आशिका रजौरेले जितेकी छन्।घोराहीको निमा हलमा शनिबार भएको ग्रान्ड फिनालेमा अन्तिम १७ प्रतिस्पर्धीलाई पछाडि पार्दे रजौरेले उपाधि हात पारेकी हुन्। विजेता घोषणा भएस“गै रजौरेले १ लाख ११ हजार १ सय ११ रुपिया“, मोबाइल सेट, गिफ्ट ह्याम्पर र ५ वटा म्युजिक भिडियोका कन्ट्र्याक्ट हात परेकी छन्।

कोरियोग्राफर दीपक चौधरी र मोडल रीना थापा मगरको निर्णयमा रजौरेलाई विजेता घोषणा गरिएको डान्स आइकन दाङका संयोजक विष्णुकुमार देवकोटाले जानकारी गराए। डान्स आइकन दाङका संयोजक विष्णुकुमार देवकोटाको सभाध्यक्षता एवं समाजसेवी देवी नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न फिनालेमा लेडी फस्ट सिया लामिछाने, जेन्स फस्टमा आकाश बीके, भेट्रान मेगा डान्सरमा सिर्जना केसी, सुपर डान्सरमा एरिका आचार्य, डान्स किङमा कुवेर वली, डान्स क्विनमा करिस्मा पुन मगर, मस्ट हर्ट टचिङ डान्सरमा उपासना साक्य, फस्ट रनर्सअपमा एलिशा वैश्य र इसिका पुनले आवार्ड हात जितेका थिए।

शनिबार राति अबेरसम्म सञ्चालित फिनालेमा सेकेन्ड रनर्सअप बाटुली घर्तीमगर, थर्ड रनर्सअपमा मनोज श्रेष्ठ, पब्लिक च्वाइस आवार्डमा सिर्जना बीके, जज च्वाइस अवार्डमा रीना रोका, डाइरेक्टर्स च्वाइसमा रितेश गौतम, जज राउन्ड टपरमा वर्षा बुढाथोकी र पारस थापा विजयी भएका छन्। कार्यक्रममा मोडल लोसिना लामिछानेलाई बेस्ट कोरियोग्राफर घोषणा गरियो।

Skip This