रोजिकालाई उपाधि


राजधानीमा सम्पन्न किशोरीहरूबीचको सौन्दर्य प्रतियोगिता मिस टिन कन्टेस्ट नेपाल २०१७ को उपाधि रोजिका पोखरेलले जितेकी छिन्। शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा ३१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्।

¥योम्प जोनद्वारा आयोजित प्रतियोगितामा कविना थापा मिस ट्यालेन्टसहित फस्ट रनर्सअप, भावना काफ्ले मस्ट इन्टेलिजेन्टसहित सेकेन्ड रनर्सअप, शर्मिला सापकोटा थर्ड रनर्सअप र इसिका शाक्य फोर्थ रनर्सअप भए।

प्रतियोगितामा सुष्मा लामा मिस ब्युटिफुल, पूजा श्रेष्ठ ब्युटी विथ रेस्पोन्सिबिलिटी, बिसेस्था शिल्पकार बेस्ट पर्सनालिटी, सम्झना राई बेस्ट क्याटवाक, मिठू पाण्डे मस्ट फोटोजेनिक, सलिना पाण्डे मस्ट पपुलर, प्रगति राई मस्ट स्टाइलिस्ट र सोनी मगर मस्ट फ्रेन्डली भए। प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका थिए।प्रतियोगिताको निर्णायकमा अभिनेता एवं मोडल नवीन लम्साल, संगीतकार अनील शाही, सञ्चार व्यवसायी सुमितजंग जबरा, एनआरएन आमेरिकाकी बबिता श्रेष्ठ र निसु झा थिए।

Skip This