कट्रिनाको सामना गर्न डराए रणवीर



बलिउडका प्रेमजोडी रणवीर कपुर र कट्रिना कैफबीचको सम्बन्ध कस्तो छ यो कुरा सबैलाई थाहा भएकै कुरा हो। दुवैबीच कमन क्यान्डी हो जग्गा जासुुस। जसमा दुवैले एकैसाथ काम गरेका छन्।

वर्षौंदेखि अड्की–अड्की बन्दै गरेको यो फिल्म अब यही अप्रिलदेखि प्रदर्शनमा आउन लागेको छ। जसलाई अनुराग वसुले निर्देशन गरेका छन्। उनले रणवीरका साथ फिल्म बर्फी बनाएका थिए। बर्फीमा गरेको कामबाट अनुराग खुसी थिए र उनीहरू पार्टनर बनेका थिए। अहिले फिल्म जग्गा जासुुुसमा पनि सँगै काम गरिरहेका छन्।

जग्गा जासुसमा रणवीरको आग्रहमा करिना कपुरलाई लिइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। समाचारमा दाबी गरिएअनुसार त्यही बेलादेखि नै यी दुईबीच रोमान्स चलेको थियो। एक किसिमले कट्रिना रणवीरको घरकी हिरोइन थिइन्। तर, फिल्म पूरा हुनुभन्दा केही दिनअघि उनीहरूबीच ब्रेकअप भएको थियो। यसपछि निर्देशकलाई फिल्म पूरा गर्न निकै गाह्रो भयो। तैपनि रणवीर र कट्रिनाले प्रोफेसनल कलाकारको रूपमा आफ्नो काम पूरा गरे। तर, एक–आपसमा सिन गर्दाको समय उनीहरूको मनमा पहिले सँगै बिताएका तमाम पलहरू घुमिरहने गरेको समाचारमा चर्चा गरिएको छ।

हालै वसन्तपञ्चमीको अवसरमा वसुले आफ्नो घरमा भएको पूजामा रणवीर र कट्रिना दुवैलाई बोलाएका थिए। समाचारमा सूत्रलाई उद्धृत गर्दै जनाइएअनुसार रणवीर त्यहाँ जानका लागि तयार भएका थिए। तर, कट्रिना त्यहाँ पहिले नै पुगिन्। रणवीरले उक्त कुरा चाल पाएपछि कट्रिना त्यहाँ रहुञ्लेल उनी गएनन्। कट्रिना त्यहाँबाट निस्केपछि मात्र जाने निर्णय गरेर पर्खिए।

समाचारमा उल्लेख गरिएअनुसार कट्रिनाका साथ कोही खास व्यक्ति थिए। त्यसै कारण उनी त्यहाँ पूरै समय बसिन्। विचरा रणवीर कट्रिना बाहिरीने समय कुरेर पर्खिरहे र कट्रिनाको सामु आउन डराए। अन्तिम समयसम्म पनि उनी त्यहाँ पुगेनन्। कट्रिनाको सामना गर्न रणवीर किन डराए सबै यही सोधिरहेका थिए। तर, यसको जवाफ भने कतैबाट आएको छैन।

प्रतिक्रिया दिनुहोस्