शाहरूखसँग सोनम

0
Shares

बलिउडका कुनै पनि नाम चलेको हिरोलाई लिएर फिल्म बनाउने घोषणा गरेपछि हिरोइन को हुने होला भनेर खुबै चर्चा चल्ने गर्छ। कयौं हिरोइनले स्टार हिरोको फिल्म पाउनका लागि विभिन्न प्रयास गर्छन्। रांझणा तथा तनु वेड्स मनुजस्ता फिल्म बनाइसकेका निर्देशक आनन्द एल राए अब शाहरूख खानका साथ फिल्म निर्माण गर्दै छन्।

यो फिल्ममा शाहरूख खानलाई एक अलग भूमिकामा देखिनेछ। फिल्म छिट्टै नै सुटिङमा जाँदै छ। तर फिल्मको हिरोइन भने अझसम्म तय भएको छैन। शाहरूखको हिरोइन बन्नका लागि प्रतिस्पर्धा चलिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

खबरअनुसार दिपिका पादुकोण तथा कट्रिना कैफजस्ता नायिकाहरूलाई पछाडि पार्दै सोनम कपुरले यो प्रतिस्पर्धा जितेकी छिन्। आनन्द एल राएले सोनमलाई शाहरूख खानको हिरोइनको रूपमा चुनेको समाचारमा उल्लेख छ। यदि यो खबर सही भयो भने शाहरूखसँग सोनमको यो पहिलो फिल्म हुनेछ।

आदित्यको फिल्म रांझणामा सोनम हिरोइन थिइन्। सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार सोनमलाई पुरानो सम्बन्ध फेरि काम लागेको छ। त्यही बेलादेखि नै उनीहरूको राम्रो सम्बन्ध भएका कारण सोनमले शाहरूखको हिरोइन बन्ने मौका पाएकी हुन्।

Skip This