मिस पिसमा २२ सुन्दरी



राजधानीमा हुन लागेको सौन्दर्य प्रतियोगिता मिस नेपाल पिसका लागि २२ युवती छानिएका छन्। पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन्।

अडिसनमा सयभन्दा बढी नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत युवतीहरूले अडिसन दिएका र २२ प्रतियोगी मात्र अन्तिम स्पर्धाका लागि छनोटमा परेको आयोजकले दाबी गरेका छन्। डा. लोचन कार्की, डा.संध्या चापागाईं, डा. सुजिता हिराचन, दुर्गा श्रेष्ठ, अभिनेता मोडल निरज थापा, रोजिन शाक्यलगायत निर्णायक रहेको प्रतियोगीता पनि हुने जनाइएको छ।।

मिस नेपाल पिस शान्तिको सन्देश फैंल्याउने प्रतिबद्धताका मिस नर्सको परिमार्जित प्रतियोगीताका रूपमा आयोजना हुने जनाइएको छ। प्रतियोगीताको विजेताले मिस वल्र्ड पिसमा नेपालको प्रतिनिधित्व गर्न पाउने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले जानकारी गराए। कार्यक्रममा डा. सुजिता हिराचन, डा. सन्ध्या चापागार्इं र डा.अनुस्का गुरुङले स्तन क्यान्सरका बारेमा चेतनामूलक जानकारीसमेत दिएका थिए।

नर्सिङ पेसा रहेका, अध्यायन गरिरहेका व्याक्तिको व्यक्तित्व विकास गरी सामाजिक कामप्रति उत्तरदायित्व बहन गराउने उद्देश्यले प्रतियोगीता आयोजना गरिँदै आएको आयोजकको भनाइ छ। प्रतियोगीताको प्रारम्भिक छनोट देशका विभिन्न स्थानमा ब्रेस्ट क्यान्सरसम्बन्धी जनचेतना र हेल्थ क्याम्पसहित आयोजना हुने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्