मान्छेलाई मर्न दिने कि नदिने ?



सर्वोच्चले मगायो एमिकस क्युरी

नेपाल समाचारपत्र
काठमाडौं
अशक्त व्यक्तिहरूले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग तीन जनाको दरले एमिकस क्युरी (अदालती सहयोगी) पठाउन आग्रह गरेको छ।

न्यायाधीशहरू गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले सो अनुरोध गरेको हो। अशक्त व्यक्तिहरूले मर्न चाहेमा उनीहरूलाई सोबमोजिम गर्न दिनका लागि आवश्यक कानुन बनाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो।

सो विषय गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै सर्वोच्च अदालतले त्यस बारेमा छलफल गर्न एमिकस क्युरी पठाउन नेपाल बार र सर्वोच्च बारलाई अनुरोध गरेको हो।

रिट निवेदनमा निको नहुने रोग लागी अशक्त भएका व्यक्तिहरूले चाहेमा मर्न पाउनुपर्ने गरी कानुन बनाउन आवश्यक भएको उल्लेख गरिएको थियो। त्यस्तो कानुन अन्य केही देशमा पनि भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्