३ सय ७५ जना कांग्रेसमा प्रवेश



नेपाल समाचारपत्र
बझाङ
नेपाली कांग्रेसले जिल्लाका विभिन्न गाविसमा गाउँ सम्मेलन गर्न लागेपछि स्याडी गाविस र सुनिकोट गाविसबाट ३ सय ७५ जना स्थानीय नेकपा एमाले, माओवादी केन्द्र, जनमोर्चा पार्टी परित्याग गरी नेपाली कांगे्रसमा प्रवेश गर्नेको लहर लागेको छ।

नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति हर्कजंगबहादुर सिंहको प्रमुख आथित्यमा भएको स्याडी र सुनिकोट गाविसको गाउँ सम्मेलन जिल्ला कार्य समितिले शुरू गरेको छ। अबको दिनमा जिल्लाभित्र रहेका अन्य गाविसमा पनि यो अभियानलाई निरन्तरता दिने कांग्रेसका पूर्वसभापति पृथ्वीबहादुर सिहंले बताए।

प्रतिक्रिया दिनुहोस्