पूर्वराजा आज थाइल्यान्ड जाने



काठमाडौं, (नेस)
पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जानुहुने भएको छ। साताव्यापी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लाग्नुभएको हो।

उहाँहरूभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए। एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुनः एक साता लामो भ्रमणका लागि थाइल्यान्ड जान लागेको हो। यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मलनिवास स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्