उमेर हदबन्दी विरुद्ध रिट



काठमाडौं, (नेस)
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राखिएको उमेर हदबन्दी हटाउन आदेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

नेपाल ल क्याम्पसका विद्यार्थी शंकर गौतमलगायत २० जनाद्वारा दायर गरिएको रिट निवेदनमा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा उम्मेदवार हुन गैरकानुनीरूपमा उमेर हदको प्रावधान राखेको उल्लेख गरिएको छ। आगामी फागुन १५ गते हुने निर्वाचनमा उम्मेदवार हुन विश्वविद्यालयले २८ वर्षभन्दा कम हुनुपर्ने प्रावधान राखेको छ। सो प्रावधानको केही विद्यार्थीहरूले आलोचना गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्