आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु



रुकुम, १९ माघ । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ ।

जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उहाँका आफन्त बलबहादुर विकले जानकारी दिनुभयो ।

कोठामा दुई जनाबीच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति छुरा प्रहार गरेको विकले बताउनुभयो ।

तीन वर्ष पहिले मलेसिया गएका उहाँका एक छोरा र एक छोरी रहेका छन् । उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्