काललाई गुहार्दै पशुपतीको व्यग्य गीत



गुल्मी, (नेस)। देशमा बढ्दो भ्रष्टचार, तस्करी, लुटतन्त्र, राजनीतिक बेइमानीलाई व्यंग्य गर्दै लोकगायक पशुपति शर्माले तीनलाई कालले नर्कमा लैजान भनेका छन्। उनले देश बिगार्ने सबै पापीलाई कालले ट्याप्प टिपीलाई लैजानु भन्दै व्यंग्य गरेका हुन्। उनले समाजमा यथार्थ घटनालाई टपक्क टिपेर आफ्नो गीतमा व्यांग्यात्मक प्रहार गरेका छन्।

केहीअघि बजारमा आएको लोकगीतमार्फत उनले देश बिगार्ने सबैलाई किरा परोस् भन्दै तीनलाई लैजान काललाई आग्रह गरेका छन्। आफ्नै लय शब्द रहेको एकल एल्बम आइज ओइ कालमा उनले भ्रष्टचारी र देश बिगार्ने सबैलाई कालले नर्कमा लैजान आग्रह गरेका छन्।

गायक शर्माले आफ्नो उक्त गीतमा राम्रो कामको प्रशंसा गर्दै देश बिगार्ने, देशमा असहज परिस्थिति नित्याउने सबैलाई नर्कमा लैजान कालसँग आग्रह गरेका छन्। नेताहरू मिलेर देश टुक्राटुक्रा पारे तर भत्केको देश बनाउनतर्फ ध्यान नदिएको भन्दै उनको गीतले खबदारी गरेको छ। भ्रष्टचारी, पापीहरूप्रति रोगव्यादि, झाडापखला सबै तिनीहरूप्रति जानुपर्ने उनको गीतमा उल्लेख छ। उनले देसमा पाप भित्रियो गरी खानेभन्दा चोरी खाने प्रवृत्तिलाई उनले खबदारी गरेका छन्।

यो गीतको म्युजिक भिडियोमा गीतकार श्रीकृष्णबम मल्ल र गायक शर्मा आपैmँले अभिनय गरेका छन्। गीतले समाजको यथार्थ घटनालाई गीतमा समावेश गरेर सामाजिक सन्देश दिन खोजेको गायक शर्माको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्