खरेललाई राष्ट्रकवि पुरस्कार



गीतकार किरण खरेल यसैवर्ष स्थापित राष्ट्रकवि माधवप्रसाद घिमिरे गीतकार पुरस्कार २०७३ बाट सम्मानित भएका छन्। राजधानीमा सोमबार आयोजित एक समारोहबीच राष्ट्रकवि घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति र पुरस्कार संस्थापक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य उन्नति बोहरा ‘शिला’ ले गीतकार खरेललाई २१ हजार रुपियाँ र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरे।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्ना नाममा गीत पुरस्कार स्थापना गरेकोमा खुसी व्यक्त गर्दै खरेललाई यो पुरस्कार प्रदान गरिएकाले यसको गरिमा बढेको बताए। पुरस्कारकी संस्थापक प्राज्ञ उन्नति बोहरा ‘शिला’ले उत्कृष्ट गीत लेखेर नेपाली गीत क्षेत्रमा निरन्तर योगदान पुर्याएकाले राष्ट्रकवि घिमिरेको नाममा पुरस्कार स्थापना गरेको बताइन्।

६ दशकदेखि नेपाली गीत लेखनमा निरन्तर योगदान पुर्याएवापत पुरस्कार गीतकार खरेललाई प्रदान गरिएको पनि उनले बताइन्। त्यसै गरी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले राष्ट्रकविजस्तो व्यक्तिका नामका सरकारले कुनै पनि पुरस्कार स्थापना नगरेको अवस्थामा गीतकार⁄प्राज्ञ बोहराले यो पुरस्कार स्थापना गर्नु सरहानीय कार्य भएको चर्चा गरे। प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले गुरु माधवप्रसाद घिमिरेका नाममा पुरस्कार स्थापना गर्नु सहित्यकार तथा गीतकारका लागि खुसीको कुरा भएको बताए। कार्यक्रममा गीतकार दिनेश अधिकारीले पुरस्कृत गीतकार खरेलका बारेमा प्रकाश पारेका थिए। पुरस्कृत गीतरका खरेलले आफू सधैं राष्ट्रकवि घिमिरेको गीतबाट प्रभावित हुने गरेको र घिमिरेकै नाममा स्थापित गीतकार पुरस्कार पाउँदा खुसी लागेको बताए।

प्रतिक्रिया दिनुहोस्