प्रियंकाको उपलब्धिमा आमा मख्ख



बलिउड नायिका प्रियंका चोपडा धेरैजसो समय आफ्नो देशमा हुन्नन्। उनी देशबाहिर काममै लागि परीरहेकी छिन्। उनी आफू विदेशमा रहे पनि देशसँग जोड्ने कामको जिम्मा आफ्नो आमालाई दिन्छिन् रे।

उनकी आमा मधु चोपडाले पहिले एक भोजपुरी फिल्म बनाएकी थिइन्। त्यसपछि एक मराठी फिल्म र अर्को पञ्जावी फिल्म सरवन बनाएकी छिन्। यो एक पथभ्रष्ट र आफ्नो बाटो हराइसकेको युवाको कहानी हो। जसले आफ्नो नराम्रो कामको नतिजा नराम्रो नै पाउँछन् भन्ने विषयमा केन्द्रित छ। फिल्मको निर्माता एवं नायिका प्रियंका चोपडाको आमा डा. मधु चोपडाले एक भारतीय मिडियासँग दिएको फिल्मसम्बन्धी अन्तर्वार्तामा आफ्नी छोरीका बारेमा पनि केही कुराहरू बताएकी छिन्। पछिल्लो समय प्रियंकाको नाम चलिरहेको बेला तपाईं आमाको तर्फबाट आफ्नो छोरीले के–के उपलब्धि हासिल गरेको मान्नुहुन्छ भन्ने प्रश्नमा उनले भनेकी छिन् ‘मलाई अझै याद छ उसको फोटो टाइम्स म्यागेजिनमा आएको बेला उसले मलाई टप एक सय सहभागी मानिसहरूबाट छानिएर मेरो फोटो आएको छ भनेकी थिई। जुन मलाई विश्वास नै लागेको थिएन। तर जब एजेन्सीले त्यो फोटो पठायो, त्यो कभर पेजमै थियो। जुनबेला मेरो खुसीको सीमा नै थिएन।’

उनले थपेकी छिन्– ‘एक युवती जो यति धेरै मेहनत गरेर आफ्नो प्रयासले टाइमको कभर पेजसम्म पुगिन्, त्यो सबैका लागि गर्व गर्ने विषय थियो। त्यसपछि उनले पद्यमश्री अवार्ड पाइन्। यत्रो १५ सालसम्म उनले जति मेहनत गरी धेरै राम्रो फिल्महरूमा अभिनय पनि गरी र नेसनल अवार्ड नै पाइन्। अब हलिउडमा पनि उनी चिनिने नाम भइसकेकी छिन्। पर्फमेन्सका कारण पिपुल्स च्वाइस अवार्ड पाइन्। अब त उनी ओस्कार जितेर मात्र फर्किन्छिन् जस्तो लाग्छ। तर उनले आफ्नो पहिचान बनाइरहेकी छन्, कुनै उपलब्धि होइन। उनको सानोतिनो अचिभमेन्टले पनि मलाई खुसी दिन्छ। किनभने मैले उसले गरेको मेहनत देखेको छु।’

प्रतिक्रिया दिनुहोस्