यम बुद्धको बिदाइ



गत माघ १ गते लन्डनमा आत्महत्या गरेका भनिएका लोकप्रिय र्यापर यम बुद्धको शवलाई शुक्रबार हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। आत्महत्या गरेको दुई हप्तापछि उनको शव काठमाडौं ल्याइएको हो।

अपराह्न ४ बजे इत्तिहाद एयरलाइन्सबाट काठमाडौंमा ल्याइएको उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो। उनको शवलाई त्रिभुवन विमानास्थलबाटै गाडीमा राखेर प्रज्ञा प्रतिष्ठान पुर्याइएको थियो। उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि उनका आफन्त, इष्टमित्र तथा शुभचिन्तकहरु विमानास्थल नै पुगेका थिए भने प्रज्ञा प्रतिष्ठानमा पनि भावविह्वल हुँदै उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्रज्ञा प्रतिष्ठानको डबलीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो। २९ वर्षीय उनी नयाँ एल्बम खतरा सार्वजनिक गर्ने तर्खरमा थिए। सन् २०१३ मा विवाह गरेका उनको एकादेश, पागलपन, कोही, आमा र यो प्रशंसालगायत गीत चर्चित छन्। पश्चिमेली देशमा लोकप्रिय अन्डरग्राउन्ड र्यापलाई नेपाल भित्त्याएपछि उनी युवामाझ लोकप्रिय भएका थिए।

प्रतिक्रिया दिनुहोस्