तौल घटाउन लाखौं खर्च !



बलिउडमा यस्ता केही अभिनेता तथा अभिनेतृ छन्, जसले आफ्नो वजन नियमित राख्नका लागि खास किसिमको डाइट फलो गर्ने गर्छन्। जसका लागि उनीहरुले पैसा पनि निकै खर्च गर्छन्। तर, के तपाईंलाई थाहा छ? आफ्नो वजन घटाउनकै लागि बलिउडका केही स्टार लाखौं रुपियाँसम्म पनि खर्च गर्छन्।

उनी अरू कोही नभएर बलिउड नायिका श्रद्धा कपुर हुन्, जो हिजोआज आफ्नो वजन घटाउनका लागि लाखौं खर्च गर्दै छिन्। श्रद्धा हिजोआज आफ्नो तौल घटाउन व्यस्त छिन्। जस्का लागि उनले एक हाई क्लास न्युट्रिसनिस्ट पनि हायर गरेकी छिन्। आफ्नो न्युट्रिसनिस्टको सल्लाहअनुसार उनले महाराष्ट्रियन र पन्जाबी खाना खान पनि छोडेकी छिन्। साथै उनी हिजोआज दिनमा ६ मिलको फर्मुला प्रयोग गरिरहेकी छिन्। जुन खानामा प्रोटिन, बिन्स, नट र सलाद पनि समावेश हुन्छ। यो खाना खानमा फिक्का लागे पनि श्रद्धाका लागि यो खाना महँगो सावित भएको छ। जसका लागि उनले महिनामा करिब डेढ लाख खर्च गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। तर, उनले खानपिनमा ज्यादा नै ख्याल गरिरहेकी छिन्। श्रद्धाको पछिल्लो रिलिज भएको रक अन–२ थियो। फिल्मले बक्स अफिसमा खास असर त देखाएन तर श्रद्धासँग प्रोजेक्टको कमी भने छैन। अहिले उनी हसिना पार्करको बायोपिक फिल्ममा काम गर्दै छिन्।

प्रतिक्रिया दिनुहोस्