४२ लाख स्वदेशी पर्यटकले घुमफिर गरे



दीपेन्द्र थापा, काठमाडौं
नेपाल पर्यटन बोर्डले आन्तरिक घुमफिर वर्ष सफल बन्दै गएको जनाएको छ। शुरुका दिनमा कार्यक्रम प्रभावकारी नदेखिए पनि पछिल्ला महिनामा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको बोर्डको दाबी छ।

भूकम्पले धराशयी बनेको पर्यटन उद्योगलाई टेवा पु¥याउने उद्धेश्यले शुरू गरिएको घुमफिर वर्ष २०७३ ले आन्तरिक पर्यटनले समग्र पर्यटन उद्योगलाई नै टेवा पु¥याएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिक्रत दीपकराज जोशीले जानकारी दिनुभयो। ‘शुरुमा केही महिना आन्तरिक पर्यटकले लक्ष्यअनुसार घुमफिर गर्ने जस्तो देखिएको थिएन,’ प्रमुख कार्यकारी अधिकृत जोशीले भन्नुभयो–‘तर विस्तारै आन्तरिक पर्यटनमा जाने नेपालीको संख्या बढ्दै गयो। अहिले कार्यक्रमको औचित्य पुष्टि हुँदै गएको छ।’ सामाजिक सञ्जालको प्रयोग र सञ्चार माध्यमको सहयोगका कारण घुमफिर वर्ष सफल हु“दै गएको जोशीको भनाइ छ।

भूकम्पले बाह्य पर्यटक आगमन शून्य प्रायः भएपछि पर्यटन उद्योगलाई चलायमान बनाउने लक्ष्यका साथ बोर्डले यो कार्यक्रम घोषणा गरेको थियो। भूकम्प र नाकाबन्दीबाट सुस्ताएको पर्यटन व्यवसायलाई पुरानो लयमा फर्काउने उद्धेश्यले नेपाल पर्यटन बोर्डले २०७३ लाई घुमफिर वर्ष मनाउने निर्णय गरेको थियो।

‘घुमफिर वर्ष–२०७३’ सञ्चालनको १० महिनामा ४२ लाख ६ हजार आन्तरिक पर्यटकले घुमफिर गरेका छन् भने यस अवधिमा सबैभन्दा धेरै ११ लाख आन्तरिक पर्यटकले मनकामना घुमेका छन्। पर्यटन व्यवसायीले भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरताले आन्तरिक पर्यटनले मात्र व्यवसाय धानिरहेको जनाई रहँदा यो तथ्यांक सार्वजनिक भएको हो। स्वदेशी पर्यटन प्रवद्र्धधन गर्ने र आन्तरिक पर्यटन घुमफिरको वातावरण सिर्जना गर्ने उद्धेश्यले चलाईको कार्यक्रम सफल रहेको बोर्डको दाबी छ। धार्मिक, ऐतिहासिक तथा नयाँ उद्गम स्थानको पहिचान गर्ने उद्धेश्यले सञ्चालित अभियान पहिलोपटक बोडले आयोजना गरिएको हो ।

होटल संघ नेपाल (हान) का निर्देशक प्रवेश अर्यालका अनुसार ‘घुमफिर वर्ष–२०७३’ खासमा नारामा नै सीमित रहेको बताउनु भएको छ। अर्यालले भन्नुभयो–‘४२ लाखको तथ्यांक भनेको पहिला पनि आन्तरिक रुपमा घुमफिर गरिरहेको तथ्यांक हो। अहिले तथ्यांक संकलन गरेका कारण धेरैजस्तो लागेको हो, सामान्य रुपमा यो तथ्यांकको हाराहारीमा आन्तरिक पर्यटकको घुमफिर भइरहेको हो। पर्याप्त प्रचार प्रसार गरिएको भए यो तथ्यांक धेरै बड्ने थियो। नारा मात्र सार्वजनिक गरेर बोर्डले काम नगरेको उहाँको भनाइ छ।’

बोर्डले अब २ महिनाभित्र उक्त संख्यामा धेरैमात्रामा वृद्धि हुने आँकलन गरेको छ। ‘हामीले चलाएको नारा अनुसारको लक्ष्य हासिल हुनेछ–‘ नेपाल पर्यटन बोर्डका अधिकृत सुधन सुवेदीले भन्नुभयो–‘ घुमफिर वर्ष–२०७३’ ले धराशयी बन्दै गएको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनले धानेको छ।’ कार्यक्रमले नयाँ स्थानलाई पर्यटन क्षेत्रको पहिचान दिएको बोर्डको भनाइ छ।

नाराले व्यवसायमा नयाँ आयम थपेको भन्दै उहाँले पर्यटन व्यवसायीको सहयोगमा कार्यक्रम सफल भएको बताउनुभयो। ‘होम स्टे कार्यक्रम अभिमुखीकरण, सामाजिक सञ्जालमा प्रचार प्रसारका कारण पनि नारा सफल भएको हो,’ सुवेदीले भन्नुभयो। त्यस्तै नयाँ होटल थपिँदै गएको र पर्यटन व्यवसायमा वृद्धि हु“दै जानुले पनि पर्यटन व्यवसायको विकासको आधार बन्दै गएकाले पहिचान गरिएको स्थानको प्रवद्र्धन गर्न सकिए दिगो पर्यटन क्षेत्रको लागि सबल पक्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस्