माथिल्लो त्रिशूली थ्रि ‘ए’ लागत थपियो



g’jfsf]6 / /;’jfd lgdf{0f eO{/x]sf] dflyNnf] lqz”nL y|L P sf] /;’jfsf] ;Nn]6f/l:yt afFw:yn . afFwsf] sfd %) k|ltzt ;lsPsf] 5 . 7]s]bf/ sDkgLn] zlgaf/ afFwdf kfgL k|j]z u/fPsf] 5 . t:jL/M gjbLk >]i7÷/f;;

आयोजना अझै अन्योलमा
रामहरि गजुरेल, नुवाकोट
भूकम्पले क्षति पु¥याएको माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाको ड्याम मर्मतका लागि मात्रै ६१ करोड रुपियाँ लागत थपिएको छ। तर, आयोजना निर्माण सम्पन्न कहिले हुने भन्ने विषय अझै अन्योलमा छ।

भूकम्पका कारण क्षति पुगेको आयोजनाको काम अझै सुचारु हुन सकेको छैन। मर्मतको लागि लागि सरकारले एक महिनाअघि मन्त्रिपरिषद्को निर्णयमा आयोजनाको ड्यामसाइड मर्मतका लागि ६१ करोड १८ लाख रुपियाँ बजेट दिने निर्णय गरिसकेको छ। ६० मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना झण्डै दुई वर्षदेखि निर्माण अलपत्र परेको छ। भूकम्पबाट आयोजनाको स्थल पुग्ने मोटरबाटो बिग्रिएपछि आयोजनाले गति लिन नसकेको आयोजनाको भनाइ छ। आयोजनास्थल पुग्ने पहुँचमार्ग मर्मत गरी आयोजना सुचारु गर्नको लागि पटक–पटक सरकारी टोली र आयोजनाको ठेकेदार गेजुवावीच विवाद हुँदै आएको छ।

आयोजना ८९ दशमलव १८ मिलियन अमेरिकी डलरमा निर्माण गर्ने सम्झौता निर्माण कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड र सरकारवीच भएको थियो। विभिन्न समस्या देखाएर गेजुवाले पटक–पटक काम छाड्ने र बहाना बनाएर भाग्ने गरेको स्थानीयबासीको गुनासो रहेको छ। ठेकेदार कम्पनी गजुवाले नेपाल विद्युत् प्राधिकरणसँग ८२ मिलियन अमेरिकी डलर क्षतिपूर्तिको माग गरेको छ। यसले गर्दा आयोजनाको लागतसमेत बढ्ने निश्चित भएको छ। आयोजनाको बाँध रसुवाकोटको ठूलोगाउँ गाविस र विद्युत गृह नुवाकोटको मनकामना गाविसमा पर्दछ।

चीनको एक्जिम बैकले १ दशमलव ७५ प्रतिशत सहुलियत ब्याज दरमा साढे १० अर्बको ऋण सहयोगमा निर्माण भइरहेको आयोजनाले रसुवाको डा“डागाउ“को सल्लेटारबाट बा“ध बा“धेर चार हजार ९३ मिटरको सुरुङ निर्माण हु“दै नुवाकोटको मनकामना सिम्लेमा विद्युत् गृह निर्माण हुनेछ। जुन २०११ (वि.सं २०६८ जेठतिर) मा निर्माण शुरु भई ३५ महिनाभित्र आयोजना सक्नुपर्ने सम्झौता भए पनि क्षमता विवाद र स्थानीयबासीको अवरोध, भूकम्पबाट भएको क्षतिलगायतका कारणले आयोजनाको काम रोकिएकाले गेजुवा ग्रुप कम्पनीले आयोजनाको म्याद थपको माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्