लमजुङमा भेडीगोठ



लमजुङ, (नेस)। गुरुङ संस्कृतिमा आधारित फिल्म क्यु प्ह«ो छे अर्थात भेडी गोठालेको पहिलो सो लमजुङमा हुने भएको छ। फिल्मको समूहले बेसींशहरमा पत्रकार सम्मेलन गरी आगामी फागुन ७ गते सो फिल्म लमजुङमा प्रदर्शन गरिने जनाएको छ।

मिलन डिजी इन्टरनेसनल प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा गुरुङ संस्कृतिको एक आधारस्तम्भका रूपमा रहेको तर पछिल्ला वर्षमा लोप हुँदै गएको भेडी गोठालेको कथामा आधारित रहेर फिल्मको निर्माण गरिएको निर्माता कम्पनीकी पबन्ध निर्देशक देउकी सिंनाली (दीपिका मिलन) ले जानकारी गराइन्। उनका अनुसार च्यारिटी सोका रूपमा प्रदर्शन हुने फिल्मको आम्दानी सबै तमु प्ले हुँ जिल्ला समितिले निर्माण गर्न लागेको क्होइबो धिंको निर्माण सहयोगलाई हस्तानरण गरिनेछ।

प्रेम कथामा आधारित फिल्ममा लाहुरमा जानुभन्दा गाउँमा भोडी गोठ पालेर त्यसबाट आउने उनबाट उनका सामग्री निर्माण गर्ने कम्पनी खोली रोजगार दिन सकिने, विदेश जाँदा केही पैसा तत्काल कमाइए पनि बाकसमा बन्द भएर स्वदेश आउनुपर्ने पीडा, श्रीमान्को मृत्युपछि एकल भएकी महिलालाई समाजले के कसरी सम्मान गर्नुपर्छ भन्ने सन्देशका साथमा गुरुङ संस्कारअनुसार मृत्युपछि आत्माको शान्तिका लागि के–कस्ता कार्य गरिन्छ भन्ने देखाइएको नायिका खुसी गुरुङले बताइन्। उनका अनुसार फिल्म लमजुङको इलामपोखरी गाविसको लेकमा रहेका भेडी गोठ र भार्ते गाविसमा छायांकन गरिएको छ।

कार्यक्रमका सभापति तमु प्ले हुँका जिल्ला अध्यक्ष कप. मिलबहादुर गुरुङले हिजोका दिनमा गुरुङको फिल्म बनाउँदा यति खर्च लाग्यो उति खर्च लाग्यो भन्दै यति खर्च देउ भन्नेहरू आउने गरेको तर दीपिकाहरूले बेसींशहरमा निर्माण गर्न लागेको पवित्र घरका लागि सहयोग गर्न लागको खबर सुखद् भएको बताए। उनले मिलन डिजी इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपिका, आदिवासी जनजातिका पत्रकार रुद्र श्रीष मगर र तमु प्ले हुँ हङकङका प्रतिनिधि आश गुरुङलाई कर्मु र फेटा पहिराएर सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्