प्रतिस्पर्धी संस्कार



आगामी फागुन २ गतेबाट प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सेवाबाट अनिवार्य अवकास पाउने भएपछि अब भावी आईजीपी को हुने भन्ने बहस चल्न थालेको छ।

अहिले भावी आईजीपी को हुने भन्ने बारेमा मिडियाबाजी यसरी भएको छ कि लाग्छ आईजीपी सरकारले होइन मिडियावालाले बनाउने हुन्। हरेक दिन कुनै न कुनैले आईजीपी फलानो र ढिस्कानो भनेर लेखेको लेखेकै छन्। आईजीपीका दावेदारहरूले पनि एकले अर्कालाई खुइल्याउन मिडिया नै प्रयोग गरेका छन्।

आईजीपीका दावेदार पनि कस्तो संस्कार भएका मान्छे होलान् एक अर्कालाई भए नभएको कुरा लगाएर खुइल्याउन खोज्ने ? प्रतिस्पर्धीको सम्मान नै गर्न नसक्नेले भावी दिनमा देशको आईजीपी भएपछि के गर्ने होलान् ? आईजीपीका दावेदारहरूको केही न केही खोट आउन थालेकाले कतै विकल्प प्रतिस्पर्धीभन्दा बाहिर गएर गर्नुपर्ने त होइन ?

कमसेकम समय आउन्जेल पर्खने धैर्यता त राख्नु। अहिले नै सबै कुरा छरछट्ट पार्न थालिएको छ। हेर्दै जाऔं अझै केही समयमा के–के देख्न पाइने हो ? पाठकबृन्द पनि प्रतिक्षा गर्दै जानुहोला है!

प्रतिक्रिया दिनुहोस्