शृंगारको फेसन शो



आफूले जानेको सीप अरूलाई पनि सिकाउनुपर्छ भन्ने सोचाइका कारण लन्डनबाट तीन हप्ताका लागि मात्र नेपाल आए पनि उनले त्यो मौका छोपेर राजधानीको सांग्रिला होटलमा एकदिने मेकअप वर्कसपसैं फेसन शो पनि आयोजना गरिन्।

८ जना मोडललाई मेकअपपछि ¥याम्पमा उतारेकी उनले मेकअपबिना आफ्नो अगाडि उभिएका मोडलको अनुहार नियालेर अनुहारको प्रकृति र उनलाई सुहाउँदो मेकअपबारे दर्शकलाई जानकारी गराउँदै मोडलको शृंगारका लागि प्रयोग गरिएको मेकअपका सामानहरुको परिचय दि“दै मेक अप गरिदिएकी थिइन्।

लन्डनमा मेकअप आर्टमा डिप्लोमा गरेर उतै क्रिस्टल हेयर एन्ड मेकअप स्टुडियो सञ्चालन गरेर बसेकी बिना राई करिब १० वर्षदेखि सौन्दर्यको क्षेत्रमै लागिरहेकी छिन्।

उनले आयोजना गरेको कार्यक्रमा धेरै मोडल र ब्युटिसियनहरु सहभागी थिए। जहाँ उनले आफू लन्डनमा काम गर्दाको अनुभव सेयर गरेकी थिइन्।

‘हाइलाइटर प्रयोग गर्नेहरुको संख्या बढेको छ, हाइलाइटरको काम भनेको गाला र नाक जस्ता अनुहारका पार्टलाई हाइलाइट गर्नु हो। नेपालमा मात्र होइन युरोपमा पनि यो ट्रेन्ड चलेको छ। हुन त बाहिरको ट्रेन्ड यहाँ फलो गरिने हो’ –उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्