काठमाडौंको धुलोमा घिमिरे



गायक विदुर घिमिरेको काठमाडौंको धुलोले बोलको गीत सार्वजनिक गरिएको छ। यसको म्युजिक भिडियो पनि घिमिरेले नै निर्देशन छन्।

चक्रपथ आसपासमा छायांकन गरिएको गीतको भिडियोलाई मनोज सुवेदीले क्यामेरामा कैद गरेका छन् भने प्रदीप दाहालले सम्पादन गरेका छन्। सहारा ढुंगानाको रचनामा तयार परिएको गीतलाई काठमाडौंबासीले धुलोको कारण खेप्नु परेको समसामयिक पीडालाई दृश्यमार्फत् उतारिएको छ।

सुक्खा मौसममा सडक निर्माण कार्य अत्यन्तै अस्तव्यस्त भएकाले काठमाडौंबासीले खेप्नुपरेको पीडालाई जस्ताको तस्तै भिडियोमा उतारिएको गायक घिमिरेले बताए। भिडियोमा पुरन्जन थापा मगर, रोजी कुवर, विनोद कुँवर र प्रभु सापकोटाले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्