सिद्धार्थ र आलिया सँगै



यदि तपाईं आलिया भट्ट र सिद्धार्थ मल्होत्राको फ्यान हुनुहुन्छ भने तपाईंका लागि एउटा खुसीको खबर छ। एक भारतीय सञ्चारमाध्यमका अनुसार एकपटक फेरि यो जोडी शकुन बत्राको फिल्ममा एकैसाथ देखिने भएका छन्।

को स्टारको अलावा यो जोडी हाल डेट गरिरहेका छन्। तर उनीहरूले यो कुरालाई नकार्दै आइरहेका छन्। दुवै जना आफ्नो रिलेसनसिपलाई गोप्य राख्न चाहन्छन्। दुवैको बारेमा विभिन्न खालका रिपोर्टहरू भारतीय मिडियामा आइरहेका हुन्छन्।

एक अन्तरवार्तामा जब सिद्धार्थलाई ‘के तपाईं शकुनको आगामी फिल्ममा आलियासँगै काम गर्दै हुनुहुन्छ’ भनेर सोधियो’, उनले भनेका छन्– ‘यसको बारेमा तपाईंले शकुनलाई नै सोध्नुपर्छ। किनभने यो प्रश्नको जवाफ दिने उनी नै सही व्यक्ति हुन्। म शकुनलाई माया गर्छु र निजी तरिकाले उनलाई जान्दछु पनि। हामीले भर्खरै एक एड फिल्मसँगै सुटिङ गरेका छौं। उनको टिमसँग फेरि एकपटक काम गर्न पाउँदा अमेजिङ हुनेछ। यसको मतलव उनी अहिले नै सँगै फिल्म खेल्ने कुरा खुलाउन चाहँदैनन्।

आलियाको बारेमा उनलाई जब प्रश्न गरियो उनले भने– ‘हामीबीच यस्तो केही छैन। म आशा गर्छु कि मानिसहरू मेरो र आलियाको सम्बन्धको बारेमा कुरा गर्न छोडेर मेरो कामको बारेमा कुरा गर्नेछन्।’ व्यावसायिक कुरा गर्ने हो भने सिद्धार्थ ज्याकलिन फर्नान्डिजको साथ अर्को फिल्म खेल्ने प्रतीक्षामा छन्।

प्रतिक्रिया दिनुहोस्