एञ्जललाई उपाधि



किन्डर गार्डेन ग्लोरी नेपाल–२०१७ को उपाधि एञ्जल गुरुङले जितेकी छन्। जि–इलेभेन नेपालद्वारा शुक्रबार राजधानीमा आयोजित प्रतियोगितामा आफ्ना २० प्रतिस्पर्धीलाई पछि पार्दै चेतना सदनमा अध्ययनरत एञ्जलले उपाधि जित्न सफल भएकी हुन्। उनले मस्ट ट्यालेन्टको उपाधिसमेत आफ्नो फेल्टामा पारेकी छिन्।
स्कुल पढ्ने स–सना बालबालिकालाई लक्षित गर्दै पहिलोपटक आयोजित यस कार्यक्रममा समीक्षा रावल फस्ट र आयुष देवकोटा सेकेन्ड रनर्सअप भए भने पब्लिक च्वाइसको अवार्ड भने रेविका दानीले जितेका छन्।

विपना थापा र राजिव बलामीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा एञजेल खड्की बेस्ट स्माइल, दिव्या समाल बेस्ट डे«स, आकांक्षा श्रेष्ठ स्मार्ट चाइल्ड, रेयुन महर्जन बेस्ट पर्सनालिटी, आदित श्रेष्ठ स्माइल, युगेन लामा बेस्ट हेयर, सफलता खरेल बेस्ट वाक र विवेक तिमिल्सिनाले मस्ट एक्टिभको टाइटल उपाधि पाए। त्यस्तै, प्रतियोगितामा निष्ठा चौधरी डिसिप्लेन, शुभम भट्टराई मस्ट ह्याण्डसम, रिहना श्रेष्ठ मस्ट भर्सटायल, प्रिज्मा न्यौपाने चार्मिङ, प्रिजल न्यौपाने फोटोजेनिक र शन्भी तन्डुकारले बेस्ट स्किन पाए। प्रतियोगितामा कोरियोग्राफर जयन सुब्बा मानन्धर, नायिका महिमा सिलवाल, इन्जिनियर रामहरि फुयााल, युवा व्यवसाय किसन सिंह, र गायक आमिर देउजा निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्