यूके र सिंगापुरदेखि आयो आनन्दलाई बर्थडे केक



रश्मी थापा

त्यसो त गायक आनन्द कार्की केक काटेर जन्मदिन मनाउँदैनन्। भन्छन्– ‘हाम्रो केक काटेर बर्थडे मनाउने चलन छैन।’ यो पटकको जन्मदिनमा भने उनले २ वटा केक काट्नुप¥यो, जब उनलाई यूके र सिङ्गापुरदेखि सरप्राइजस्वरूप बिहीबार बिहानै फ्यानहरुले घरमै केक पठाइदिए। ‘यस पटक मलाई सरप्राइजस्वरूप लन्डनमा बस्ने समाजसेवी तथा मेरो मित्र हेमकान्त सेढार्इंले केक पठाइदिनुभएको रहेछ।

सिंगापुर बस्ने एक जना फ्यानले पनि केक पठाइदिनुभएको रहेछ’, अघिल्लो वर्ष यूकेमा जन्मदिन मनाएका यी हल्लाहरु हुन् गायक कार्कीले खुलाए– ‘जिन्दगीको यादगार बर्थडे त्यही नै थियो। पोहोर साल म यूकेमै थिए“। त्यहा“ मैले एउटै बर्थडे ४ दिनसम्म मनाएको थिएँ।’ यस पटकको बर्थडे भने उनले शुक्रबार सामाजिक सेवा गर्दै मनाए। उनले आफ्नो जन्मदिनको अवसरमा काठमाडौंको शान्ति नगरस्थित निःसहाय सेवा केन्द्रका ४० जना वृद्धवृद्धालाई एक महिनाका लागि दाल, चामललगायत खाद्य सामग्री उपलब्ध गराए। ‘म नेपालमा हु“दा प्रत्येक वर्षको जन्मदिनको दिन बिहानै उठेर पशुपतिनाथको दर्शन गर्न जान्छु। यो पटक पनि बिहानै उठेर पशुपति गए“ र १ घन्टा जति पूजापाठ गरें।

पहिले त आफ्नो स्वास्थ्यका लागि कामना गरें’, त्यसपछि समाज र देशले असल नेतृत्व गर्ने नेता पाओस् भनेर कामना गरें’ ५०औं जन्मदिनका सन्दर्भमा नेपाल समाचारपत्रसँग कुरा गर्दै यी सुगम संगीतका आनन्दले भने– ‘२ घन्टा जति पशुपतिका वृद्धवृद्धालाई दानदक्षिणा गर्नमा बिताएँ । दिउँसो शान्तिनगरस्थित वृद्धाश्रमका वृद्धवृद्धासँग बिताएँ। म जति बेलादेखि कमाउने भएँ, त्यो बेलादेखि नै जन्मदिनको दिन मात्र नभएर अन्य समयमा पनि असहाय र गरिबलाई सहयोग गर्दै आइरहेको छु। समाजसेवामा आफूलाई लगाउन पाउँदा निकै आनन्द महसुस हुन्छ।’

जन्मदिनका दिन कतिपय मानिस भावुक हुन्छन् भने कतिप रोमाञ्चित। उनलाई चाहिँ लाग्दोरहेछ– ‘म यो सुन्दर धर्तीमा पाइला राखेको दिनको शब्दमा बयान नै गर्न सक्दिनँ। एक त मैले यो सुन्दर धर्तीमा जन्म लिएँ। त्यसमाथि भगवान्को आशिर्वादले गर्दा सुन्दर स्वर पाएँ। गायक हुनुभनेको धर्तीको सर्वश्रेष्ठ चिज हो जस्तो लाग्छ। त्योमाथि पनि बुबा विष्णुबहादुर कार्की र आमा विष्णुमाया कार्कीको कोखबाट कलाकार भएर जन्मेर दुनियाँका मानिसहरुलाई गीत–संगीत सुनाउन पाएको छु, यो कुराले आनन्दित तुल्याउँछ।’

आफ्नो जीवनको उपहार भन्नु नै दर्शकको माया र साथ हो भन्ने मान्यता राख्ने उनी बर्थडेमा अन्य भौतिक उपहारको आश नभए पनि उपहारहरु भने आइरहने बताउँछन्। ‘मेरो विचारमा आज मसँग जे छ, त्यो सबै दर्शकको माया हो। मलाई उपहारको आश लाग्दैन। जबबाट मैले गायनबाट नाम कमाएँ, त्यो नै मेरो लागि सबैभन्दा ठूलो उपहार हो।

तर, पनि फ्यान र आफन्तहरुले सरप्राइजस्वरूप विभिन्न खालका उपहार पठाइरहेका हुन्छन्’, उनले सम्झिए– ‘मलाई बर्थडेको उपहार सम्झनुपर्दा ५ वर्षअघिको जन्मदिनमा मेरी श्रीमतीले मेरो आनन्द नामक एल्बमको सम्पूर्ण खर्च हालेर सरप्राइज दिएको सधैं सम्झन्छु। एक वर्षअघिको जन्मदिनमा यूकेको साथीले साँढे ४ लाख रुपियाँ मूल्य बराबरको घडी उपहार दिएको मेरो बहुमूल्य उपहार हो।

यीबाहेक अन्य धेरै उपहार पाएको छु। त्यस्तै गत वर्ष नै लन्डन बस्ने रविन नामक एक पन्जाबी फ्यानले सरप्राइजस्वरूप पार्टीको आयोजना गरेकी थिइन्। लुगा, जुत्ता, सुटजस्ता धेरै उपहार दिएकी थिइन्। उनलाई विशेष फ्यानको रूपमा सम्झन्छु, यति हुँदाहुँदै पनि मेरो मुवा बित्नुभएको १० वर्ष भयो, त्यो बेलादेखि भने उहा“लाई सम्झिएर अलि खल्लो महसुस गर्छु।’

गीत–संगीतमार्फत् ठूलो नाम बनाएका आनन्दलाई बिहीबार दिनभर बर्थडे विसेसले व्यस्त बनायो। ‘धेरैले फेसबुकमार्फत् नै शुभकामना दिने गरेका छन्। धेरै मिडियाका साथीहरु र आफन्तहरुले मोबाइल म्यासेज र फोनमार्फत् पनि शुभकामना दिनुभयो। यस पटक सबैभन्दा पहिले मेरो छोरा अनुज कार्कीले फेसबुक स्ट्याटसमार्फत् रकस्टार भन्दै म्युजिक फिल्डमा अझ सफलता मिल्दै जाओस् भनेर विस ग¥यो’, उनले भने– ‘असंख्यरूपमा प्राप्त भएका बर्थडे विसेसले यो क्षेत्रमा अझै केही गर्नुपर्छ भनेर जोस्याउँछ।’

प्रतिक्रिया दिनुहोस्