तेरियालाई फेरि अर्को अवसर



बुटवल, (नेस)। बुटवलबासी तेरिया फौजा मगरलाई फेरि अर्को उपाधि दिलाउन नेपाली जुट्न थालेका छन्। सन् २०१२ मा भारतीय टेलिभिजन च्यानल जी टीभीबाट प्रशारित डान्स रियालीटी सो डीआइडी ३ को विजेता भएकी तेरिया अर्को रियालिटी सो झलक दिखलाजाको फाइनलमा पुग्न सफल भएकी हुन्।
यही जनवरी २१ तारिखका दिन फाइनल प्रतियोगिता हुँदै छ। तेरियाको फाइनल यात्रा उनको विजयी सुनिश्चित गर्न नेपाली जुटेका हुन्। अभियानको शुरूआत पनि भएको छ।

तेरिया जिताऔं शीर्षक दिइएको अभियानका अगुवाले पत्रकार सम्मेलन गरेर नेपाली नागरिकको साथ र सहयोगको अपेक्षा गरेका छन्। तेरियालाई जिताउनका लागि अत्यधिक भोट आवश्यक पर्ने जनाइएको छ।

भारतीय सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म एसएमएसमार्फत तेरियालाई भोट गर्न सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। तेरियालाई जिताउन अनलाइनट भोटिङ गर्ने व्यवस्था छ। शनिबारबाट शुरू भएर बिहीबार राति ९ बजेसम्म भोटिङ गर्न सकिनेछ। कलर्स टिभीको वेबसाइटमा गएर भोट गर्न सकिने छ। धधध।अययिचकतख।अयmरवजबबिप क्लिक गरेपछि जोसुकैले भोट गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्