रिबन काट्ने रहर



हाम्रो देशका मन्त्रीहरू कार्यक्रमहरूको उद्घाटन र भाषण गर्न जाने भने पछि हुरुक्कै हुन्छन्। उद्घाटन र भाषणको कार्यक्रम भनेपछि जहाँ पनि जान तयार हुन्छन्। कहिलेकाहीं मन्त्रीज्यूहरूले हसाउँने काम गर्नुहुन्छ। एउटा कार्यक्रम उद्घाटन गर्न गएका एक जना मन्त्री घरको न घाटको भएर फर्किनुपरेको छ। कुरो हो गत माघ १ गतेको।

हरेक वर्ष माघे संक्रान्तिको दिन नुवाकोटको तारुकामा गोरु जुधाइ कार्यक्रम उद्घाटन गर्न गएका कृषि राज्यमन्त्री राधिका तामाङ आयोजकले वास्ता नगर्दा बाटोमै अलपत्र मात्र भइनन् बाध्य भएर काठमाडौं नै फर्किनुपर्यो। आयोजक पनि के कम? फुलमन्त्री नै गइसकेपछि राज्यमन्त्रीको के मतलब?

धराहरालाई अचम्म लागेको एउटा कुरा के हो भने मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको मान्छेले उद्घाटन र भाषणमा जान भनेपछि किन अघिपछि केही कुराको परवाह नगरेका होलान्? उनीहरूलाई देशको पदभार ठूलो कि उद्घाटन कार्यक्रम ठूलो? खालि रिवन काट्ने कार्यक्रमहरूतिरमात्र ध्यान आफ्नो पुर्याउने मन्त्री तथा नेताहरूलाई गतिलो पाठ सावित भएको छ माथि उल्लेखित घटना। कि कसो पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्