कट्रिनाको सुटिङ सेटमा सलमान



बलिउड स्टार सलमान खान आफ्ना पूर्वप्रेमीका कट्रिना कैफलाई भेट्न उनको सुटिङ सेटमै पुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिना फिल्म जग्गा जासुसको सुटिङ गरिरहेकी थिइन्। त्यसै क्रममा सलमान खान उनलाई भेट्न अचानक सुटिङ सेटमै पुगेका थिए। अकस्मात सलमानलाई त्यहाँ पाएर जग्गा जासुसको सुटिङ युनिट दंग परेको समाचारमा उल्लेख छ। सलमान त्यहाँ आउँदै छन् भन्ने कुरा कट्रिनाबाहेक अन्य कसैलाई पनि जानकारी नभएको दाबी पनि समाचारमा गरिएको छ।

समाचारमा उल्लेख गरिएअनुसार कट्रिना त्यस समय रणवीर कपुरसँग सुटिङ गरिरहेकी थिइन्। त्यसै कारण पनि रणवीर पनि त्यहाँ सामेल थिए। समाचारमा सूत्रलाई उद्धृत गर्दै जनाइएअनुसार सुटिङ सकिएपछि सलमान त्यहाँ पुगेका थिए। उनले कट्रिनालाई एक साइडमा लगे र दुवै जना आधा घण्टा गफ गरेर बसे।

जब रणवीरले सलमानलाई त्यहाँ देखे, तब उनी आफ्नो भ्यानिटी भ्यानमा गएर बसे। सलमानसँग हेल्लो हाई पनि नगरी गएका उनी सलमान त्यहाँबाट गए पछि मात्र बाहिर निस्किएको समाचारमा जनाइएको छ।

रणवीर कपुरसंग ब्रेक अप भएपछि नायिका कट्रिना कैफलाई उनकै पूर्वप्रेमी सलमान खानले उनलाई साहरा दिँदै आएका छन्। कट्रिनाको करियरमा पनि उनले मद्दत गर्दै छन्। भनिन्छ कि टाइगरमा कट्रिनालाई स्थान दिन पनि सलमानकै हात थियो।

प्रतिक्रिया दिनुहोस्