हिजो भूकम्प सुरक्षा दिवसको अवसरमा राजधानीमा विभिन्न कार्यक्रम गरिएको धरहराले देख्यो। १९९० सालको भूकम्पको संझनामा मनाइएको यो भूकम्प सुरक्षा दिवसको बेलामा २०७२ सालको भूकम्पमा फेरि ढल्नुपरेको यो धरहरा पनि झस· हुने गरेको छ। २०७२ सालको भूकम्पमा परेपछि यसको निर्माणका लागि अनेकौं गन्थन भए तर अहिलेसम्म छेउ टुप्पो पूरा भएको छैन।
हिजो पनि भूकम्पपछिको निर्माण र अब हुने निर्माण भूकम्पप्रतिरोधक बनाउने सम्बन्धमा भन्दा पनि भाषणबाजी, चियापानजस्ता कार्यक्रममा नै ठूलाबडाहरू अल्झेको देखियो। हिजो पनि भूकम्प सुरक्षा दिवस मनाउनका लागि चियापान गर्ने भनेर राज्यकोषबाट केही रकम झिकियो भन्ने धरहरा छेउछाउमा गाइगुईं सुनियो।
खानपिन गरियो। केहीले सञ्चार माध्यमहरूमा यसो विवरण लेख्ने, बजाउने काम गरियो। बस⁄ भूकम्प सुरक्षा दिवस सकियो। अब अर्को माघ १ गतेबाट फेरि सबै तात्छौं २ गतेका लागि। अनि फेरि संझन्छौं। यतिन्जेलसम्ममा यति काम पूरा गर्ने भनेर प्रतिबद्धता पनि देखाउने हो कि ? कि श्राद्धमा बिरालो बाँधे झैं मात्रै गर्ने हो महामहिमज्यूहरू ?