करिनाको खुलासा



केहीअघि मात्र बाबु र आमा बनेका नायक सेफ अलि खान र नायीका करिना कपूर बलिउडको मन पराइएका जोडीमध्ये एक हुन्। उनीहरूको बारेमा आएका नयाँ नयाँ खबर जान्का ो ागिी यीनीहरूको प्रशंषक निकै नै मरिहत्ते गर्ने गरेको पाइन्छ। हालै छोरालाई जन्म दिएपछि नायीका करिना कपुरले आफ्नो सम्बन्धको राज खोलेकी छिन्। उनले यो कुरा निरञ्जन अयंगरको च्याट हो लुक हु इज टकिङमार्फत खुलासा गरेकी हुन्। कुराकानीको दौरानमा सेफतिर पहिलो कदम आफुले बढाएको उनले खुलाएकी छिन्।

सेफभन्दा पहिले करिनाको सम्बन्ध शाहिद कपुरसँग थियो। ३ वर्षको सम्बन्ध पछि दूबैले आ आफ्नो बाटो रोजेका थिए। सेफ र करिनाको सम्बन्ध फिल्म टशनको शुटिङको क्रममा सुरु भएको थियो भने २०१२ को अक्टोबरमा उनीहरूले विवाह गरेका थिए।

केही दिन अघि सेफको बारेमा करिनाले भनेकी छिन् ‘सेफको पर्सनालिटी यस्तो छ कि कुनै पनि महिला उनको प्रेममा सजिलै पर्न सक्छन्।ु जब तपाई पहिलेदेखी नै सेफलाई मन पराउनुहुन्थ्यो भन्ने होस्टको प्रश्नमा उनको जवाफ थियो कि ‘हो एकदमै, उनी पहिलो कदम कहिल्यै उठाउँदैनन्। जब मैले पहिलो कदम उठाएँ, सेफलाई विश्वास नै थिएन कि करिना यस्तो गरिरहेकी छे। उनलाई लाग्यो कि एउटा पूरै बिल्डिङ उनको शिरमाथि खसिरहेको छु उनले भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्