मोटरसाइकल -याली



काठमाडौँ, २१ पुस । नेकपा एमाले लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल ¥याली निकालिएको छ ।

एमाले, नेकपा ९माले०, राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्गस्थित भृकुटीमण्डपबाट मोटरसाइकल -याली निकालेका हुन । -यालीको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल ¥याली त्रिपुरेश्वर, थापाथली, जावलाखेल, सातदोवाटो, कोटेश्वर, नयाँ बानेश्वर हुँदै पुनः भृकुटीमण्डपमा पुगी टुङ्गिएको थियो । -यालीमा एमाले उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्