ताक परे तिवारी नत्र गोतामे



ताक परे तिवारी नत्र गोतामे यानिकि अवसरवादी। अवसरवादीहरूले आफ्नो फाइदा र स्वार्थका लागि जे पनि गर्न सक्छन् र जे पनि बोल्न सक्छन्। धराहराले आफ्नो दूरबिनले एक जना वरिष्ठ नेता तथा मन्त्रीले बोलेका केही कुरालाई फोकस गरेको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा रक्षामन्त्रीसमेत रहेका बालकृष्ण खाँडले केही समयअघि गुल्मीमा आयोजित एक कार्यक्रममा सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव तथा ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्रइएकोमा विरोध गर्दै परिआए आफ्नो मन्त्री पदबाट राजीनामा दिई आन्दोलनमा सहभागी हुने भनी जोडतोडले फुकेका थिए। उनको त्यो अभिव्यक्तिले कांग्रेसभित्र पनि केही हलचल ल्याए भने उतिखेरै कांग्रेसले संशोधन प्रस्तावको विरुद्ध केही नबोल्न र आन्दोलनमा सरिक नहुन सम्पूर्ण कार्यकर्ता तथा सरकारमा सहभागी कांग्रेसी मन्त्रीहरूलाई सतर्क गरायो। आफ्नो पद गुम्ने डरले हो कि या अरू कुनै कारणले मन्त्री खाँडले बोली बदलिहाले।

गुल्मीमै बुधबार आयोजित एक कार्यक्रममा प्रदेश टुक्रइउने पार्टी र सरकारको निर्णयबाट आफू पछि नहट्ने कुरा बताए। सायद उनले आफू मन्त्री पदबाट हट्नु पर्ला कि भन्ने डरले बोली फेरेको हो कि भन्ने धराहरालाई लाग्यो। तपाईंहरूलाई कस्तो लाग्यो त पाठक महोदयहरू ?

प्रतिक्रिया दिनुहोस्