छिमेकमा हंगामा



नेपालमा प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक चीनबाट सामान ल्याउन लागिएको भनेर दक्षिणी छिमेकीका सञ्चार माध्यमहरूमा हंगामा मच्चिएको देखिएको छ। शुक्रबार तिब्बतबाट कार्गो बोकेका सामान नेपालको काठमाडौंतिर हिँडेको भनेर ठूला समाचार बनाइएको हो। तलको समाचार विवरण टाइम्स अफ इण्डियाको हो।

China launches new cargo service

linking Tibet with Nepal

The new rail and road cargo service launched on Friday, linking Guangdong, Tibet and Nepal, aims to boost trade with the South Asian neighbour as China pushes forward its Belt and Road (Silk Road) initiative.

यसैगरी इण्डियन एक्सप्रेस, इकोनोमिक टाइम्सलगायतमा पनि ठूलै समाचार बनाइएको छ। पहिलाको ओली सरकार प्रो चाइनिज भए पनि अहिलेको सरकारका पालामा पनि सामान हिँडेको समाचारमा लेखिएको धरहराले पनि देख्न पायो। जुत्ता, चप्पल, विद्युतीय सामग्री, कपडा, निर्माण सामग्रीजस्ता सामान कार्गोमा रहेको र त्यसको मूल्य २ दशमलव ८ मिलियन डलर भनिएको छ।

लु है कमरेड प्रचण्डलाई चाहिँ भारतीय मिडियाले प्रो इण्डियन मान्दा रहेछन्। उहाँसँग केही आशा गरिएको होला। आशामा तुषारापात गरेको बेहोराका समाचार पो आए त। उहाँको कुर्सी दह्रोसँग समाइदिनुपर्ला है सहयोगी महोदयहरू। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्