वन साइडेड् लभ



संबिधान नेपाली जनताका लागि कि अरु कसैका लागि भन्ने दोमनमा धरहरा पुगेको छ । २०७२ असोज ३ गते संबिधान जारी भएपछि माओवादीका दुई नेताले संबिधान जारी भएपछि कुनै छिमेकी मुलुकलाई धोका दिएको भन्ने आरोप लगाएको खुलासा अहिले आएर भएको देखेर धरहरा वाल्ल परेको छ ।

होइन यी माओवादीका नेताहरुले जनताका लागि राजनीति गरेका हुन कि छिमेकीका लागि ? कुरा बुझ्न धरहराले यसो दुरबिन माओवादी नेताहरुतर्फ केन्द्रीत गर्दा त कुरा अर्कै रहेछ । माओवादीका तत्कालिन नेता कमरेड डा. बाबुराम भट्टराईले छिमेकीलाई खुसी नबनाई संबिधान जारी गर्नुहुदैन छिमेकी रिसाउँछ भनेर भनेछन् । अनि अहिलेका प्रधानमन्त्री केही नबोली चुप लागेर बसेछन ।

भनेपछि यी माओवादीलाई नेपाली जनता प्यारा होईनन छिमेकी पो प्यारा रहेछन भन्ने लख धरहराले काटेको छ । जो रिसाएपनि नेपाली जनता नरिसाए भएन र भन्या नेतालाई ? जनता भन्दा अरु नै प्यारा भएपछि कहांबाट संबिधान कार्यान्वयन हुनु र हजुर ? खोई कुरा बुझेका जनताले ? जनता भने नेतालाई ‘वन साइडेड् लभ गर्ने नेता भने अन्तै मन दिने । बाकी कुरा आफ्ै बुझ्नुस है पाठक बृन्द ।

प्रतिक्रिया दिनुहोस्