पछिल्ला वर्षमा सामाजिक र पारिवारिक कथावस्तुमा आधारित फिल्मको संख्या घटिरहेका बेला परिवारभित्रको सम्बन्ध र अनुपस्थितिको मूल्यलाई विषय बनाउँदै नयाँ फिल्म आशा निर्माण गरिने भएको छ।
हालै राजधानीमा आयोजित एक समारोहबीच शर्मिला थापाको निर्माणमा आशा निर्माणको घोषणा गरिएको हो। फिल्मको घोषणा कार्यक्रमलाई परम्परागतभन्दा फरक शैलीमा सम्पन्न गर्दै अग्रज प्राविधिकलाई सम्मान गरेर सुरु गरिएको कार्यक्रममा ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक, कलाकार र प्राविधिक टोली सार्वजनिक गरिएको थियो। राजिव गुरुङको लेखन तथा निर्देशन रहने फिल्ममा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गर्नेछन्। निर्मात्री शर्मिला थापाले आशा एउटा विशुद्ध पारिवारिक फिल्म भएको जनाउँदै आधुनिक व्यस्त जीवनशैलीका कारण परिवारस“ग बिताउने समय घट्दै गएको यथार्थलाई कथाको केन्द्रमा राखिएको जानकारी दिइन्।
परिवारको कुनै सदस्यको अभाव भएपछि मात्रै उसको महत्व गहिरोसँग महसुस हुने संवेदनालाई फिल्मले प्रस्तुत गर्ने उनले खुलाइन्। आप्mनै समाज र परिवारका कथालाई विश्वमाझ गर्वका साथ प्रस्तुत गर्न सकिने विश्वासका साथ निर्माण अघि बढाइएको उनले बताइन्।
निर्देशक तथा लेखक राजिव गुरुङले मनोरञ्जनसंगै भावनात्मक प्रभाव छोड्ने कथा तयार गरिएको बताए। परिवारलाई जोड्ने संवेदनशील विषयवस्तुलाई पर्दामा उतार्ने उद्देश्य रहेको उल्लेख गर्दै उनले छाया“कन सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिने जानकारी दिए।

अभिनेता महेश त्रिपाठीले बलियो कथा नै आफूलाई फिल्ममा जोडिने प्रमुख आधार बनेको बताए। उनका अनुसार आशाको कथावस्तु अहिले निर्माण भइरहेका फिल्मभन्दा फरक भएकाले यसले मनोरञ्जनस“गै दर्शकलाई सोच्न पनि प्रेरित गर्नेछ। कार्यक्रममा नेपाली फिल्म उद्योगमा तीन दशकभन्दा बढी समयदेखि भेषभूषा विभागमा योगदान पु¥याउँदै आएका कमल मिश्रलाई नगद ५१ हजार रुपिया“सहित सम्मान गरिएको थियो। २०४६ मा अन्यायबाट ड्रेसम्यानका रूपमा यात्रा सुरु गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले संयुक्त रूपमा सम्मान गरेका थिए।
हालै क्यान्सरमाथि विजय हासिल गरी पुनः काममा फर्किएका मिश्रले यस्तो सम्मान र आर्थिक सहयोगले आप्mनो जीविकोपार्जनमा ठूलो सहयोग पुग्ने भन्दै निर्माण टिमप्रति आभार व्यक्त गरे।
फिल्मको छायांकन आगामी साउन १ गतेदेखि सुरु हुनेछ। एक महिनाको छाया“कन तालिका तय गरिएको निर्माण टिमले फिल्मलाई आगामी माघे संक्रान्तिको अवसर पारेर माघ १ गते देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। फिल्ममा गीत युग भुसाल र समीर खरेल, संगीत युग भुसाल र समीर खरेल, सुदाम सीके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, अरुण रेग्मी प्रोडक्सन हेड, छायांकन नरेन्द्र मैनाली र साउन्ड डिजाइन किशोर आचार्यको रहनेछ।











प्रतिक्रिया