सुनचाँदीको मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?


काठमाडौँ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबार तोलामा ६ सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार प्रतितोला दुई हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी सोमबार चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस ४ हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।