काठमाडौँको बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आत्मदाह शरीरको करिब ५५ प्रतिशत भाग जलेको


काठमाडौँ ।

काठमाडौँको बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

प्रहरीका अनुसार ४५ वर्षीय अश्विन राउतले छोरासँग भएको विवादपछि आफ्नै डेराको भान्सामा शरीरमा आगो लगाएका हुन्। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पताल पुर्‍याइएको थियो।

अस्पतालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।