काठमाडौं ।
काठमाडौं महानगर प्रहरी बलका प्रहरीले मोटरसाईकलको ह्वील लक लगाएको विषयमा विवाद हुँदा एक युवकले आत्मदाहको प्रयार गरेका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवालिन आएका मुगुका २५ वर्षिय गणेश नेपालीले सवारी ह्वील लक गर्दा जरिवाना तिर्दिन भन्दै महानगरप्रहरीसंग विवाद गरेका थिए ।
‘म जरिवाना तिर्दिन जहाँ लगेपनि लैजानु’–भन्द विवाद गरेका थिए , केहीसमयपछि त्यस्तो घटना भएछ–घटना विवरणबारे जानकारी दिँदै कामपा प्रहरी बल प्रमुख विष्णु प्रसाद जोशीले भने- उहाँले सो विषयमा अध्ययन भैरहेको जानकारी दिनुभयो । सडक पेटीमा सवारी साधन राखेको कारण ह्वील लक गरेको हो । कामपा प्रहरीले एक हजार रुपियाँ लिने गरेको छ । राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए ।
करिब एक घण्टापछि आफ्नै मोटरसाइकलको पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । घाइते नेपालीको वीर अस्पतालमा उपचार भैरहेको छ । काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताए ।











प्रतिक्रिया