–घाँसी–भानुभक्तको शालिक अलपत्र
–कुवाको इतिहास मेटियो, १० फिट पर बनाउने तयारी
घाँसी कुवा,तनहुँ ।
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणा स्थल घाँसी कुवा अलपत्र छ । आज २१३ औ भानुजयन्ती मनाइरहँदा भानुको र घाँसीको शालिक र घासीले खनेको कुवा अलपत्र छ । अर्थात् भानु–घाँसी स्मारक पार्क खतरामा रहेको छ । अब पहिलाको जस्तो कहिल्यै बन्न सक्ने अवस्था छैन । घासीले बनाएको जस्तै कुवा अब कहिल्यै देख्न पाइँदैन । शालिक रहन्छ कि रहँदैन भन्न सकिँदैन । कुँवा घासीलेनै बनाएको स्थानमा रहनेछैन । अब घासीकुवा करिब १० फिट पर बन्ने छ । यस्तो अवस्थाले गर्दा ती सबै संरचना संरक्षणको पर्खाइमा छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड बिस्तार भइरहेकोले कुवा रहेको स्थान र पार्क नजिकै लगभग सडक पुगिसकेको छ । अब स्थानान्तरण हुने हो कि ? भन्ने जोखिम बढेको छ । त्यसैले कसरी संरक्षण गर्ने भन्ने विषयमा अन्योल छ ।
‘ शालिक र पार्क निर्माण गर्ने जिम्मा मुग्लिन–पोखरा सडक खण्ड आयोजनाको हो –ब्यास नगरपालिकाका मेयर बैकुष्ठ न्यौपानेले सडकबिस्तार भएकोले संरचना बिग्रिएको बताउनुभयो । भन्नुभयो–‘सडक बिस्तारसंग पार्क निर्माण हुने भनिएको छ । कस्तो बन्छ थाहै छैन । करिब डेढकरोड लागतमा पार्क बन्ने तयारी भइरहेको छ । बाटो बिस्तार हुँदा पार्क कस्तो बन्छ ? भन्न सक्ने अवस्था छैन ।
भइरहेको संरचना बिथोलिर इतिहास मेटिन थालेको उहाँको गुनासो थियो । घाँसी कुवा र पार्करहेको ब्यास नगरपालिका–१२ का वडाअध्यक्ष बमबहादुर आलेले अहिले पार्क अत्यन्तै साघुरो भएको बताउनुभयो । ‘सडक बिस्तार आयोजनाले भत्कायो, कहिले बनाउने ? भन्ने जानकारी छैन । साहित्यकारहरुको एतिहासिक र पर्यटकको पर्यटकीयस्थालको रुपमा रहेको सो स्थान मासिने खतरा भएकोले दुख्ख लागेको छ–अध्यक्ष आलेको भनाई थियो ।
‘हेर्नुस अहिले त घाँसी कुवा अस्तब्यस्त छ, शालिक रहने कि नरहने पत्तो छैन । संगैको खोलामा रिटेनिङ वाल लगाइरहेको छ त्यसपछिमात्र यस्को अवस्थाबारे भन्न सकिन्छ–वडा अध्यक्ष आलेको भनाई छ । अब यस्लाई संरक्षण गर्नुपर्ने अवस्था भैसकेको छ । सडकबिस्तारको नाममा एतिहास मेटिने खतरा भएको स्थानीयको भनाई छ । अधिकांस स्थानीयले सडक बिस्तार भएपनि घासीकुवा जोगाउनुपर्ने बताएका छन् । हटाउनुपर्ने अवस्था आएको हुँदा त्यसको संरक्षणमा सबै जुट्नुपर्ने अवस्था छ ।
इतिहासकारका अनुसार भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा कुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि सोही प्रेरणाबाट भानुले बाटोमै गीत रच्नु भएको थियो ।
भानुभक्तले रचेको गीत यस्तो थियो
भरजन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन
जे धन चीजहरु छन् घर भित्रनै छन्’ ।
यो कविताले भानुभक्त र घाँसीलाई युगौयुगसम्म सम्झना घासीकुवा संरक्षण अनिवार्य छ । स्थानीय तथा साहित्यिक क्षेत्रका व्यक्तित्व लगायत सबै नेपालीको भनाई पनि यही छ । घाँसीकुवालाई आदिकवि भानुभक्त आचार्यको प्रमुख प्रेरणास्थलको रुपमा पनि लिइएको छ ।
घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको मेयर न्यौपानेले बताउनुभयो । उहाले पार्कलाई जोगाएर जसरी हुन्छ संरक्षण गर्न लागि परेको बताउनुभयो । देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनुपर्छ र इतिहास मेट्न दिदैनौ मेयर न्यौपानेको भनाई छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम पहिला घाँसी कुवा राखिएको थियो । हाल सो स्थान १२ नम्बर वडामा पर्छ।
नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले घासीकुवाको संरक्षण हुने चरणमा रहेको बताउनुभयो । बन्न त बन्छ तर कहिले बन्छ कस्तो तयारी छ । भन्न सक्ने अवस्था छैन–सूचना अधिकारी आचार्यले भन्नुभयो । उहाँले सो विषयमा भानु घाँसी समितिले थप अध्ययन गरी रहेको बताउनुभयो ।











प्रतिक्रिया