रोटरी क्लब सैबु भैसेपाटीको अध्यक्षमा पोखरेल


ललितपुर ।

रोटरी क्लब सैबु भैसेपाटीको सन् २०२६÷२७ को अध्यक्षमा साबित्री पोखरेल चयन हुनुभएको छ । मंगलबार सम्पन्न १८ औ चार्टड डे र पद हस्तान्तरण कार्यक्रममा पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको इमिडेट पास्ट प्रेसिडेन्टमा कर्णबीर थापा, क्लब प्रेसिडेन्ट इलेक्ट एवं कोषाध्यक्षमा दीपा भट्टराई, उपाध्यक्षमा सिहराज थापा, सचिवमा चेली गुरुङ चयन हुनुभएको छ ।


कार्यसमितिको एक्जुकेटिभ डाइरेक्टरमा मदन मलेगो, लनिङ फेसिलिटेटरमा लालबहादुर चन्द, फाउन्डेशन चियरमा मिलन थापा, पब्लिक इमेजमा शिवगोपाल थापा, सर्भिस प्रोजेक्ट चियरमा सरद न्यौपाने, मेम्बरसिप चियरमा ईश्वरराज ढकाल, क्लब योङग लिडर कन्ट्याक्टमा पबिना थापा र सजेन्ट एण्ड आर्मसमा विराट श्रेष्ठ निर्वाचित हुनुभएको छ ।


डिस्टिक्ट गर्भनर डा. आइपी ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाले समाज सेवामा निरन्तर लागेको रोटरीले नया नया योजना सहित अघि बढ्नुपर्ने बताउनुभयो । नया कार्यसमितिलाई शुभकामना दिदै उहाले रोटरी रोटरीले विश्वमा गरेको योगदानको चर्चा गर्नुभयो ।


कार्यक्रममा नवनियुक्त अध्यक्ष पोखरेलले आफ्नो भावी योजना बारे जानकारी दिनुभएको थियो । भने बिदा हुदै गर्दा निवर्तमान अध्यक्ष कर्णबीर थापाले एकवर्षे कार्यकालमा रोटरी क्लब सैबु भैसेपाटीले गरेको योजना र त्यसको कार्यन्वयनको बारेमा जानकारी दिनुभएको थियो ।


सचिव चेली गुरुङद्धारा संचालित कार्यक्रममा क्लकका ८ पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा चार्टड मेम्बरहरु लालबहादुर चन्द, राज श्रेष्ठ, आनन्द बज्राचार्य, मदन महत, शिवगोपाल थापामगर, मिलन थापा, सिहराज थापा र पिताम्बर खनाललाई सम्मान प्रमुख अतिथि ढाकाल र कर्णबीर थापाले सम्मान गर्नुभएको थियो ।

त्यसैगरी समाजसेवी एमडी अलिलाई अध्यक्ष पोरखेल र प्रमुख अतिथि ढकालले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नया सदस्यहरु विराट श्रेष्ठ, खुमाकुमारी बुढामग र नारायण कार्कीको परिचय सहित नया सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा एनसेटका प्रमुख आमोदमणी दिक्षीत, समाजसेवी कर्ण शाक्य, पिएजी भरत श्रेष्ठ, एजी श्रीप्रसाद गुरुङ लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।