हवाई भाडा घट्यो, नयाँ फ्यूल सरचार्ज लागू, कुन रुटमा कति ?


काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानको फ्यूल सरचार्ज समायोजन गर्दै नयाँ भाडादर लागू गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि बुधबारदेखि नयाँ फ्यूल सरचार्ज कार्यान्वयनमा आएको हो।

नयाँ व्यवस्थाअनुसार फ्यूल सरचार्ज अधिकतम २ हजार ३३५ रुपैयाँसम्म घटेको छ। नेपालगन्ज–भद्रपुर, काठमाडौं–धनगढी, काठमाडौं–सुर्खेत तथा काठमाडौं–माउन्टेन फ्लाइटलगायत विभिन्न रुटमा भाडा घटाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा बढी शुल्क लिन वायुसेवा कम्पनीलाई अनुमति छैन।

यस्तो छ नयाँ कायम गरिएको फ्यूल सरचार्ज :