कपाल प्रत्यारोपणमा नयाँ फड्को, एनोभाले ल्यायो ट्रिभेलिनी माम्बा प्रविधि


काठमाडौं ।

नेपालमा कपाल प्रत्यारोपण सेवामा नयाँ प्रविधिको प्रवेश भएको छ। ललितपुरको जावलाखेलस्थित एनोभा स्किन एण्ड हेयर क्लिनिकले ‘ट्रिभेलिनी माम्बा’ प्रविधिमा आधारित अत्याधुनिक हेयर ट्रान्सप्लान्ट उपकरण सार्वजनिक गर्दै सेवा सुरु गरेको जनाएको छ।

ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा.सरिसा श्रेष्ठ, सोसल मिडिया इन्फ्ल्यूएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ मान्सी तामाङ, मिस्टर फुडी तथा क्रिकेटर ललित राजवंशी लगायतले उक्त डिभाइस अनावरण गरेका हुन् । उक्त डिभाइस अनावरण गर्दै क्लिनका सञ्चालिका डा.श्रेष्ठले यो आधुनिक प्रविधि कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, प्रभावकारी र सहज बनाउन विकसित गरिएको बताउँदै यसले प्रत्यारोपणका क्रममा चिकित्सकलाई बढी नियन्त्रण तथा शुद्ध  साथ काम गर्न सहयोग पुर्याउने दावी गरेकी छिन् ।

 क्लिनिकले यो प्रविधिबाट बिरामीलाई उच्च गुणस्तरको उपचार अनुभव प्रदान गर्ने तथा कपाल पुनर्स्थापनालाई थप परिष्कृत र आधुनिक बनाउने लक्ष्य राखेको जनाएको छ । नेपालमा पहिलोपटक भित्रिएको अत्याधुनिक प्रविधिमा आधारित हेयर ट्रान्सप्लान्ट उपकरणको प्रयोगसँगै कपाल प्रत्यारोपण प्रविधिमा आधारित हेयर ट्रान्सप्लान्ट उपकरणको प्रयोगसँगै कपाल प्रत्यारोपण सेवालाई अझ सटीक, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । डा.श्रेष्ठका अनुसार चिकित्सकहरूका अनुसार ट्रिभेलिनी माम्बा प्रणालीले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने प्रक्रियामा उच्च नियन्त्रण, कम क्षति र राम्रो गुणस्तर कायम गर्न सहयोग पुर्याउँछ । यसमा विभिन्न गति र मोड समायोजन गर्न सकिने भएकाले बिरामीको कपाल र छालाको अवस्थाअनुसार प्रक्रिया सञ्चालन गर्न सकिन्छ । क्लिनिकका अनुसार यो प्रविधिले कपाल प्रत्यारोपण प्रक्रियालाई थप सटीक, सुरक्षित र प्रभावकारी बनाउन सहयोग गर्नेछ। आधुनिक  (फोलिकुलर युनिट एक्स्ट्र्याक्सन) प्रणालीमा आधारित उक्त उपकरणले कपालका ग्राफ्ट निकाल्ने क्रममा हुने क्षति कम गर्न तथा उपचारको गुणस्तर सुधार्न मद्दत गर्ने दाबी गरिएको छ।

विशेषज्ञहरूका अनुसार उपकरणमा विभिन्न गति र सञ्चालन मोड उपलब्ध भएकाले बिरामीको कपाल र छालाको अवस्थाअनुसार उपचार प्रक्रिया अनुकूल बनाउन सकिन्छ। यसले चिकित्सकलाई थप नियन्त्रणका साथ काम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

क्लिनिकले यो प्रविधि विश्वका विभिन्न हेयर रिस्टोरेशन केन्द्रहरूमा प्रयोग हुँदै आएको आधुनिक प्रणालीमध्ये एक रहेको जनाएको छ। प्राकृतिक देखिने परिणाम र उपचार प्रक्रियाको सहजताका कारण अन्तर्राष्ट्रिय बजारमा समेत यो प्रविधि लोकप्रिय रहेको बताइएको छ।

कपाल झर्ने समस्या बढ्दो स्वास्थ्य तथा सौन्दर्य चासोको विषय बन्दै गइरहेका बेला अत्याधुनिक प्रविधिको उपलब्धताले सेवाग्राहीलाई विदेश जानुपर्ने आवश्यकता कम गर्न सक्ने अपेक्षा गरिएको छ। क्लिनिकले नेपालमै अन्तर्राष्ट्रियस्तरको हेयर ट्रान्सप्लान्ट सेवा उपलब्ध गराउने लक्ष्यसहित सेवा विस्तार गरेको जनाएको छ।

उक्त प्रविधिको सार्वजनिक कार्यक्रममा छाला रोग विशेषज्ञ, सौन्दर्य क्षेत्रका व्यक्तित्व, सामाजिक सञ्जाल प्रभावकर्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालमा बढ्दो कपाल झर्ने समस्या, वातावरणीय प्रभाव तथा आधुनिक उपचार विधिबारे समेत छलफल गरिएको थियो।

विशेषज्ञहरूका अनुसार जीवनशैली, प्रदूषण, तनाव र आनुवंशिक कारणले कपाल झर्ने समस्या बढ्दै गएको अवस्थामा आधुनिक प्रविधिमा आधारित उपचार सेवाले नयाँ विकल्प प्रदान गर्न सक्छ।