विश्वकप २०२६: अपराजित केप भर्डे नकआउटमा, अर्जेन्टिनासँग भिड्ने


काठमाडौं ।

फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी केप भर्डे समूह ‘एच’ बाट अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । तीनै खेल बराबरी खेलेको केप भर्डेले ३ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

यस समूहमा स्पेन ७ अंकसहित विजेता बन्दै अघि बढेको छ भने उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ । अन्तिम खेलमा स्पेनसँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समाप्त भयो ।

डेब्यु गरेका चार टोलीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भएको छ । अन्य टोलीहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन समूह चरणमै रोकिएका छन् ।

अब राउन्ड अफ ३२ मा केप भर्डेले साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।