कञ्चनपुरमा एक सातामा २४ जना लागुऔषधसहित पक्राउ


काठमाडौं ।

कञ्चनपुरमा प्रहरीले एक साताको अवधिमा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६ असारदेखि १२ असारसम्म २३ पुरुष र एक महिलालाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूबाट १७.१६८ ग्राम खैरो हेरोइन, १५ एम्पुल प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन र १५ एम्पुल बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन बरामद गरिएको प्रहरीले जनाएको छ।

यसअघि भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई पनि लागूऔषधसहित पक्राउ गरिएको थियो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।