एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ


काठमाडौँ ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्।

पार्टीको चुनावी समीक्षा कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउपछि पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।